युरोपेली सुरक्षामा आँच नपुर्‍याउन चीनलाई इयूको आग्रह « Khabarhub

युरोपेली सुरक्षामा आँच नपुर्‍याउन चीनलाई इयूको आग्रह


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स– युरोपेली सङ्घ (यू) का विदेश मामिला प्रमुख काजा कल्लासले यसै महिनाको अन्त्यमा ब्रसेल्समा हुने नेताहरूको शिखर सम्मेलनअघि चीनका शीर्ष कूटनीतिज्ञबीच ब्रसेल्समा भएको वार्तालाई मध्यनजर गर्दै युरोपको सुरक्षालाई कमजोर नबनाउन बेइजिङसँग आग्रह गरेका छन् । 

‘चीन हाम्रो विरोधी होइन, तर सुरक्षाको सवालमा हाम्रो सम्बन्ध तनावमा छ,’ चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटअघि कल्लासले भने ।  

उनले भने, ‘युक्रेनविरुद्धको युद्धलाई निरन्तरता दिन चिनियाँ कम्पनीहरू मस्कोको लागि लाइफलाइन हुन् । बेइजिङले साइबर आक्रमण गर्छ, हाम्रो लोकतन्त्रमा हस्तक्षेप गर्छ र अनुचित व्यापार गर्छ । यी कार्यहरूले युरोपेली सुरक्षा र रोजगारीलाई हानी पुर्‍याउँछ ।’

चिनियाँ राष्ट्रपति सी चिनफिङ र युरोपेली सङ्घका शीर्ष अधिकारीबीच बेइजिङमा हुन लागेको शिखर वार्ताको तीन हप्ताअघि वाङ ब्रसेल्स जानेछन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर युद्ध सुरु गरेर प्रमुख व्यापारिक शक्तिहरूलाई तर्साएको बेला ईयूले चीनसँग सम्बन्ध सुधारको ढोका खोलेको छ । तर सुधारको साटो ब्रसेल्स र बेइजिङबीच चीनको कथित अनुचित अभ्यासलाई लिएर व्यापार विवाद झनै चर्केको छ ।

२७ राष्ट्रहरूको समूहले अझै पनि चीनमार्फत रूसको सेनामा महत्वपूर्ण प्रविधिको प्रवाह भइरहेको भनी विरोध गरिरहेको छ ।
 
कल्लासले भने, ‘युरोपसँग घनिष्ठ सम्बन्ध कायम गर्न खोज्दा युरोपमा युद्धलाई सहयोग गर्नु एउटा विरोधाभास हो जुन बेइजिङले सम्बोधन गर्नु पर्दछ ।’

अस्थिर विश्वमा बेइजिङले आफ्नो बढ्दो शक्तिलाई अन्तर्राष्ट्रिय कानुनको पालनाका लागि प्रयोग गर्नुपर्छ ।
 
बेइजिङलाई दबाब दिने प्रयासस्वरुप युरोपेली सङ्घ (इयू) ले मस्कोको युद्ध प्रयासमा सहयोग गरेको आरोप लागेका चिनियाँ कम्पनीसँगको व्यापारमा प्रतिबन्ध लगाएको छ । तर इयूका अधिकारीहरू बेइजिङलाई मस्कोसँगको महत्वपूर्ण रणनीतिक साझेदारीबाट हटाउन असफल भएको स्वीकार्छन् ।
 

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ५ : ०८ बजे

खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण

राँझा– खजुरा गाउँपालिकाले नेपालगञ्ज–गुलरिया हुलाकी सडकको वैकल्पिक मार्गका रूपमा धवलागिरि गाउँ

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सियोल– दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण प्रणालीअन्तर्गत

नेपालगन्ज उपमहानगरको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज– नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत एक अर्ब

टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्ड : दुइ जनाको मृत्यु, चार घाइते

टोरन्टो– क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई

वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै मध्यवर्ती सामुदायिक वन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनले वन संरक्षणसँगै