मङ्गलाका किसानलाई एक सय ८२ थान मिनिटेलर, मिल र थ्रेसर वितरण | Khabarhub Khabarhub

मङ्गलाका किसानलाई एक सय ८२ थान मिनिटेलर, मिल र थ्रेसर वितरण


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिकाले किसानलाई अनुदानमा कृषि औँजार र बिरुवा वितरण गरेको छ ।

गाउँपालिकाको कृषि शाखाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार एक सय बयासी मिनिटेलर, मिल र थ्रेसर मेसिन तथा ३२ हजार चार सय वटा सुन्तला, कागती र अलैंचीको बिरुवा वितरण गरेको हो ।

किसानलाई व्यावसायिक फलफूल खेतीप्रति आकर्षित गर्न र यान्त्रिकरणको माध्यमबाट खेती कार्यमा लागत घटाउन ५० प्रतिशत अनुदानमा औजार र बिरुवा वितरण गरिएको गाउँपालिकाको कृषि शाखाका प्राविधिक जगत बानियाले बताए ।

खेतबारी जोत्न प्रयोग हुने मिनिटेल हलो डिजेलबाट चल्ने ६६ वटा, प्रेट्रोलबाट चल्ने ५८ वटा, विद्युत्बाट चल्ने मिल ४८ वटा र थ्रेसर मेसिन १० वटा वितरण गरिएको उहाँले बताउनुभयो । थ्रेसर मेसिन बालीको बोटबाट दाना झार्न प्रयोग हुन्छ ।

यसैगरी बीस हजार अलैँची, सुन्तलाका आठ हजार बिजु, चार सय कलमी र कागतीका चार हजार बिरुवा पनि वितरण गरिएको कृषि प्राविधिक बानियाले बताए । गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्री (पेमा)लगायत जनप्रतिनिधिको उपस्थितिमा बिरुवा र औजार वितरण गरिएको थियो ।

सार्वजनिक सूचनामार्फत किसानबाट माग सङ्कलन गरी गाउँपालिकाको कार्यविधि अनुसार मापदण्डमा परेका किसान छनोट गरेर औँजार र बिरुवा वितरण गरेको कृषि प्राविधिक बानियाले बताए ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ८ : ०२ बजे

प्रधानमन्त्रीलाई माओवादीले सोध्योः डेढ महिनासम्म भत्केका कार्यालय र निवासमा सरकार किन पुगेन?

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनको डेढ महिनासम्म पनि नेताको

ड्रोनबाट यस्तो देखियो झिलिमिली काठमाडौं उपत्यका (तस्बिरहरू)

काठमाडौं – हिन्दूहरूको दोश्रो महान पर्व तिहार आए सँगै काठमाडौं

दीपावलीको आतशबाजीपछि नयाँदिल्ली घना र खतरनाक धुवाँले ढाकियो

नयाँदिल्ली- लाखौँ श्रद्धालुले हिन्दू पर्व दीपावली धुमधामका साथ आतशबाजी गरी

जेन-जी र दलहरूलाई एकसाथ बैठक बस्न प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले दलहरूलाई जेन-जीसँगै बैठकमा सहभागी हुन नयाँ

जेनजीसँग छलफल गर्न तयार छौं: पम्फा भुसाल

काठमाडौं – नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले प्रधानमन्त्री सुशिला