मङ्गलाका किसानलाई एक सय ८२ थान मिनिटेलर, मिल र थ्रेसर वितरण « Khabarhub

मङ्गलाका किसानलाई एक सय ८२ थान मिनिटेलर, मिल र थ्रेसर वितरण


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिकाले किसानलाई अनुदानमा कृषि औँजार र बिरुवा वितरण गरेको छ ।

गाउँपालिकाको कृषि शाखाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार एक सय बयासी मिनिटेलर, मिल र थ्रेसर मेसिन तथा ३२ हजार चार सय वटा सुन्तला, कागती र अलैंचीको बिरुवा वितरण गरेको हो ।

किसानलाई व्यावसायिक फलफूल खेतीप्रति आकर्षित गर्न र यान्त्रिकरणको माध्यमबाट खेती कार्यमा लागत घटाउन ५० प्रतिशत अनुदानमा औजार र बिरुवा वितरण गरिएको गाउँपालिकाको कृषि शाखाका प्राविधिक जगत बानियाले बताए ।

खेतबारी जोत्न प्रयोग हुने मिनिटेल हलो डिजेलबाट चल्ने ६६ वटा, प्रेट्रोलबाट चल्ने ५८ वटा, विद्युत्बाट चल्ने मिल ४८ वटा र थ्रेसर मेसिन १० वटा वितरण गरिएको उहाँले बताउनुभयो । थ्रेसर मेसिन बालीको बोटबाट दाना झार्न प्रयोग हुन्छ ।

यसैगरी बीस हजार अलैँची, सुन्तलाका आठ हजार बिजु, चार सय कलमी र कागतीका चार हजार बिरुवा पनि वितरण गरिएको कृषि प्राविधिक बानियाले बताए । गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्री (पेमा)लगायत जनप्रतिनिधिको उपस्थितिमा बिरुवा र औजार वितरण गरिएको थियो ।

सार्वजनिक सूचनामार्फत किसानबाट माग सङ्कलन गरी गाउँपालिकाको कार्यविधि अनुसार मापदण्डमा परेका किसान छनोट गरेर औँजार र बिरुवा वितरण गरेको कृषि प्राविधिक बानियाले बताए ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ८ : ०२ बजे

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व