पाकिस्तानमा भारी वर्षा र बाढीका कारण ६४ जनाको मृत्यु | Khabarhub Khabarhub

पाकिस्तानमा भारी वर्षा र बाढीका कारण ६४ जनाको मृत्यु


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद – पाकिस्तानमा विगत एक सातादेखि जारी भारी वर्षा र आकस्मिक बाढीका कारण कम्तीमा ६४ जनाको ज्यान गएको छ भने ११७ जना घाइते भएको सरकारी निकायले जनाएको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए)का अनुसार, सबैभन्दा बढी क्षति उत्तरपश्चिमस्थित खैबर पख्तुनख्वा प्रान्तमा भएको छ, जहाँ १० जना बालबालिकासहित २३ जनाको ज्यान गएको खबर प्राप्त भएको छ ।

स्थानीय सञ्चार माध्यमहरूका अनुसार, स्वात उपत्यकामा मात्र गत साता आएको बाढीले १४ जनालाई बगाएको बताइएको छ ।

पूर्वी पञ्जाब प्रान्तमा घर भत्किँदा र बाढीको कारण २१ जनाले ज्यान गुमाएका छन्, जसमा ११ जना बालबालिका रहेका छन् ।

दक्षिणी सिन्ध प्रान्तमा १५ जनाको निधन भएको छ भने दक्षिणपश्चिम बलुचिस्तानमा पनि पाँच जनाको ज्यान गएको छ ।

पाकिस्तानको जलवायु पूर्वानुमान विभागले शनिबारसम्म अझै भारी वर्षा र बाढीको जोखिम कायमै रहेको भन्दै सतर्क रहन सबैलाई आग्रह गरेको छ ।

यसअघि, गत वैशाख महिनामा पनि पाकिस्तानमा आएको भीषण आँधी र चट्याङका कारण कम्तीमा ३२ जनाको ज्यान गएको थियो ।

पाकिस्तान विश्वका ती मुलुकहरूमध्ये एक हो, जो जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावमा परिरहेको छ । सन् २०२२ मा आएको विनाशकारी मनसुन बाढीले देशको एक तिहाइ भूभाग डुबानमा परेको थियो र झण्डै एक हजार ७०० जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ८ : ३४ बजे

किसानलाई सयपत्री टिप्न भ्याइनभ्याइ (तस्बिरहरू)

काठमाडौं– तिहार सुरू भएसँगै काठमाडौंको सेतो गुम्बा क्षेत्रका किसानहरू फूल

रोकिएन रास्वपाको किचलो, सचिवालय विस्तारप्रति तोसिमाको गम्भीर आपत्ति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पछिल्लो समय देखिएको किचलो

आन्दोलनरत नर्सका माग सम्बोधन गर्न समिति गठन 

काठमाडौं– सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन

वीरगञ्जमा झिलीमिली बत्ती लगाउँदा करेन्ट लागेर एकको मृत्यु

वीरगञ्ज– वीरगञ्ज महानगर–१ छपकैयाका १७ वर्षीय युवाको घरमा झिलीमिली बत्ती लगाउने

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा छ करोड १० लाख सङ्कलन

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन-जी प्रदर्शनका क्रममा आगजनी