मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ « Khabarhub

मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा अनुसन्धान भइरहेको मुद्दा मिलाइ भन्दै रकम असुली गरेको (अपराधिक लाभ) कसुरमा दुई जना पक्राउ परेका छन् ।

अभद्र व्यवहारको कसुरमा अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका प्रतिवादीलाई हिरासतमुक्त गराउन मुद्दा मिलाई दिन्छु भनि आरोपित व्यक्तिको परिवारबाट रु ५० हजार असुली गर्ने गेरुवा गाउँपालिका–३ शान्ति बजार बर्दियाका ४३ वर्षीय कृष्णबहादुर थारु र वीरेन्द्रनगर नगरपालिका १३ सुर्खेत ईन्द्रपुरकी ३४ वर्षीय मुना चन्दलाई प्रहरीले पक्राउ गरिएको जिप्रका सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए ।

थारु वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतमा डेरामा बस्दै आएका छन् । प्रहरी प्रमुख शाहीका अनुसार आरोपित थारु र चन्दले अभद्र व्यवहारका कसुरदारका परिवारलाई प्रहरी प्रशासन मिलाउनुपर्छ अन्यथा तपाईको मान्छे जेल जान सक्छन् भनि अपराधिक लाभ तथा असुली गर्ने उद्देश्यले रु ५० हजार मागेका थिए ।

दुवैले बेइमानीपूर्वक आर्थिक लाभ उठाइ आपराधिक लाभ लिएको कसुरमा सम्मानित अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको उनले बताए ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  १० : ५७ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको