५२ भाइको कुर्सी ४५ दिनसम्म खाली ? « Khabarhub

५२ भाइको कुर्सी ४५ दिनसम्म खाली ?


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमार्डौं– चार वर्षअघि तत्कालीन ओली सरकारका पालामा भएको संवैधानिक आयोगका ५२ भाइको नियुक्तिलाई प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नहकुल सुवेदीले बुधबार रातिदेखि अवैधानिक ठहर गरिदिए । संवैधानिक परिषदमा रहने पाँच न्यायाधीशमध्ये थप एक न्यायाधीश सपना प्रधान मल्लले उनीहरुमाथि अबको ४५ दिनभित्र संसदीय सुनुवाई हुनुपर्ने परमादेश जारी गरिन् । बाँकी दुईजना (अल्पमत) न्यायाधीश मनोजकुमार शर्मा र कुमार चुडालले उनीहरुको नियुक्तिलाई पूर्णरुपमा वैधानिकता दिए ।

पाँच न्यायाधीशमध्ये दुईजनाले नियुक्ति नै बदर हुने राय दिएको र थप एकजनाले ४५ दिनभित्र संसदीय सुनुवाई हुनुपर्ने भनेको अवस्थामा अब असार १९ गतेदेखि ४५ दिनसम्म संवैधानिक आयोगका ५२ भाइले गर्ने काम वैधानिक हुन्छ कि अवैधानिक ?
के अब उनीहरुको अवस्था ‘संवैधानिक परिषदबाट नियुक्ति पाएको तर संसदीय सुनुवाई हुन बाँकी रहेको’ अन्तरिम स्थितिमा पुगेको हो ? अब उनीहरुको नियुक्तिको परीक्षण संसदको ‘कोर्ट’मा सरेको हो ?

सर्वोच्चको आदेशसँगै यी गम्भीर संवैधानिक प्रश्नहरु उब्जिएका छन् ।

किनभने, संवैधानिक इजलासमा नियुक्ति नै असंवैधानिक छ भन्ने र ४५ दिनभित्र संसदीय सुनुवाई गरिनुपर्छ भन्ने न्यायाधीशहरुको बहुमत पुगेको छ । नियुक्ति बैधानिक छ र संसदीय सुनुवाई गरिराख्नुपर्दैन भनेर निशर्त मत प्रकट गर्ने न्यायाधीशको संख्या अल्पमत, अर्थात् दुईजना मात्र रहेको छ ।

यो पनि–

संवैधानिक इजलासमा तीन धार, ५२ भाइको संसदीय सुनुवाई हुनुपर्ने सपनाको परमादेश ( पूर्णपाठसहित)

सर्वोच्चको संक्षिप्त आदेश बुधबार राति १२ बजेपछि आयो । जसका कारण २० पृष्ठ लामो आदेश र त्यसले पार्ने प्रभावबारे तत्कालै कानूनविदहरुसँग प्रतिक्रिया लिने स्थिति रहेन । तर, विहीबारदेखि संवैधानिक आयोगका पदाधिकारीहरुले पदीय जिम्मेवारी सम्हाल्ने या ४५ दिनसम्म संसदीय सुनुवाई कुर्ने ? यो प्रश्नको जवाफ खोज्नैपर्ने भएको छ ।

संवैधानिक आयोगका ५२ भाइलाई संसदीय सुनुवाईको प्रक्रियामा नगइकन आजैदेखि कुर्सीमा बसिराख्न बहुमत न्यायाधीशबाट निशर्त अनुमति प्राप्त भएको हो ? वा ‘कन्डिसन’सहित नियुक्तिको पक्षमा बहुमत जुटेको हो ? यो विषय पेचिलो बहसको विषय बन्न सक्ने देखिएको छ ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ३ : २७ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको