माओत्सेको फिल्ममा दोहोरिए दयाहाङ, ‘पेन्सनपट्टा’को नायकमा फाइनल « Khabarhub

माओत्सेको फिल्ममा दोहोरिए दयाहाङ, ‘पेन्सनपट्टा’को नायकमा फाइनल


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार माओत्से गुरुङको निर्देशन रहने फिल्म ‘पेन्सनपट्टा’मा नायक दयाहाङ राई फाइनल भएका छन् । उनी फिल्मको शीर्ष नायकमा फाइनल भएको निर्माण पक्षले बिहीबार सार्वजनिक गरेको हो ।

निर्देशक गुरुङका अनुसार यस फिल्मको नायिका र अन्य कलाकार चयनको काम बाँकी छ ।

‘पेन्सनपट्टा’ गुरुङको निर्देशनमा बन्न लागेको दोस्रो नेपाली कथानक फिल्म हो । यसअघि उनले फिल्म ‘दयारानी’ निर्देशन गरेका थिए ।

उक्त फिल्मको पनि नायक दयाहाङ नै हुन्। अर्थात्, गुरुङले निर्देशकका रुपमा दयाहाङसँग दोस्रो सहकार्य गर्न लागेका हुन् ।

यो फिल्मको छायाङ्कन कात्तिक तेस्रो साताबाट सुरु गर्ने योजनामा गुरुङ रहेका छन् ।

‘पेन्सनपट्टा’ शीर्षकले भूतपूर्व लाहुरेको कथा जनाउने भए पनि फिल्म उक्त विषयसँग सम्बन्धित नरहेको उनले बताए । कथाबारे उनले खुलाए, ‘यो एउटा व्यक्तिमा लोभ कसरी हराउँछ भन्ने कथामा बन्न लागेको फिल्म हो ।’

यस फिल्ममा गुरुङ निर्माता र कलाकारको भूमिकामा पनि रहने बताइएको छ ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  १२ : १८ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण