माओत्सेको फिल्ममा दोहोरिए दयाहाङ, ‘पेन्सनपट्टा’को नायकमा फाइनल | Khabarhub Khabarhub

माओत्सेको फिल्ममा दोहोरिए दयाहाङ, ‘पेन्सनपट्टा’को नायकमा फाइनल


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार माओत्से गुरुङको निर्देशन रहने फिल्म ‘पेन्सनपट्टा’मा नायक दयाहाङ राई फाइनल भएका छन् । उनी फिल्मको शीर्ष नायकमा फाइनल भएको निर्माण पक्षले बिहीबार सार्वजनिक गरेको हो ।

निर्देशक गुरुङका अनुसार यस फिल्मको नायिका र अन्य कलाकार चयनको काम बाँकी छ ।

‘पेन्सनपट्टा’ गुरुङको निर्देशनमा बन्न लागेको दोस्रो नेपाली कथानक फिल्म हो । यसअघि उनले फिल्म ‘दयारानी’ निर्देशन गरेका थिए ।

उक्त फिल्मको पनि नायक दयाहाङ नै हुन्। अर्थात्, गुरुङले निर्देशकका रुपमा दयाहाङसँग दोस्रो सहकार्य गर्न लागेका हुन् ।

यो फिल्मको छायाङ्कन कात्तिक तेस्रो साताबाट सुरु गर्ने योजनामा गुरुङ रहेका छन् ।

‘पेन्सनपट्टा’ शीर्षकले भूतपूर्व लाहुरेको कथा जनाउने भए पनि फिल्म उक्त विषयसँग सम्बन्धित नरहेको उनले बताए । कथाबारे उनले खुलाए, ‘यो एउटा व्यक्तिमा लोभ कसरी हराउँछ भन्ने कथामा बन्न लागेको फिल्म हो ।’

यस फिल्ममा गुरुङ निर्माता र कलाकारको भूमिकामा पनि रहने बताइएको छ ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  १२ : १८ बजे

इरानसँगको नयाँ सम्झौता कार्यान्वयन गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

भियना– संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी गर्ने निकायका प्रमुखले सोमबार इरानसँग

गण्डकी प्रदेशका तीन सय ९९ फरार कैदीबन्दी फक्राउ

गण्डकी – गत साताको जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका कास्की,

जेन-जी आन्दोलनको घटना छानबिन गर्न न्यायिक समिति

काठमाडौँ- सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाको न्यायिक छानबिन गर्ने

मार्तडी र कोल्टीमा सहुलियत पसल सञ्चालन

बाजुरा– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लाका मार्तडी र कोल्टीमा