एलिनाबारे अभद्र टिप्पणीले हिरासतमा पुर्‍यायो कविलाई « Khabarhub

एलिनाबारे अभद्र टिप्पणीले हिरासतमा पुर्‍यायो कविलाई


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गायिका एलिना चौहानबारेमा सामाजिक सञ्जालमै अभद्र टिप्पणी गरेपछि एकजना कविले हिरासतमा पुग्नु परेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले एलिनाको उजुरीका आधारमा कवि गुञ्जन राईलाई ललितपुरबाट बिहीबार पक्राउ गरि हिरासतमा लिएको हो ।

गुञ्जन इलाम निवासी कवि हुन् । उनी नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न राष्ट्रिय कविता महोत्सवको शीर्ष २५ कविको सूचीमा परेका थिए ।

‘हेत्छाकुप्पा र जीवनको रुख’ शीर्षकको कवितामार्फत् शीर्ष २५ मा परेका उनले प्रतिष्ठालाई समेत आफ्नो घर चितवन भनेर ढाँटेको खुलेको छ ।

उनै कवि गुञ्जनले गायिकाद्वय एलिना र समीक्षा अधिकारीबारे आपत्तिजनक टिप्पणी गरेपछि साइबर ब्यूरोमा उजुरी परेको थियो ।

एलिनाले साइबर ब्यूरोमा दिएको जाहेरीका आधारमा प्रहरीले गुञ्जनलाई नियन्त्रणमा लिएको हो । राईलाई बिहीबार नै जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएर म्याद लिइँदैछ ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ४ : ४९ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन