पूर्व राष्ट्रपति यादवको उपचार खर्च सरकारले व्यहोर्ने « Khabarhub

पूर्व राष्ट्रपति यादवको उपचार खर्च सरकारले व्यहोर्ने


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले पूर्व राष्ट्रपति डा. रामवरण यादवको उपचार खर्च व्यहोर्ने भएको छ ।

यही ७ असोजमा बसेको मन्त्रिपरिषद बैठकले पूर्व राष्ट्रपति यादवको भारतमा उपचार गर्दा लागेको खर्च तिरिदिने भएको हो ।

पूर्व राष्ट्रपति यादवको उपचारमा लागेको खर्च नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट बिलबमोजिमको रकम भुक्तानी दिइने छ ।

‘भारतको चण्डिगढस्थित अस्पतालमा उपचार गराउँदा लागेको उपचार र उपचारसँग सम्बन्धित बिलबमोजिमको रकम नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट भुक्तानी दिने निर्णय गरिएको छ ।’ मन्त्रिपरिषद निर्णयमा भनिएको छ ।

प्रोस्टेट क्यान्सरबाट पीडित पूर्व राष्ट्रपति यादव चण्डिगढस्थित स्नातकोत्तर चिकित्सा शिक्षा एवं अनुसन्धान संस्थान ‘पीजीआईएमएईआर’ अस्पतालमा दुई साताअघि उपचार गरेर स्वदेश फर्किएका थिए ।

अहिले आफ्नै निवासमा आराम गरिरहेका उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको खबरहबलाई जानकारी दिएका छन् ।

प्रोस्टेट क्यान्सरको नियमित उपचारअनुसार यस पटक भारतमा गरिएको उपचार खर्च भने सरकारले व्यहोर्ने निर्णय गरेको उनले बताए ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ७ : १० बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२