धानको ब्याडमा खैरा रोग र गवाराको प्रकोप « Khabarhub

धानको ब्याडमा खैरा रोग र गवाराको प्रकोप


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

चितवन – विभिन्न स्थानमा धानको ब्याड अनुगमन गर्दा आवश्यक खाद्य तत्व जिंकको कमीले लाग्ने खैरा रोग र गवाराको प्रकोप देखिएको छ ।

कृषि विकास कार्यालय चितवनको प्राविधिक कार्य समूहले सो अनुगमन गरेको हो । कार्यालयकी बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार हाल रोपाइँको तयारी भइरहेका खेत तथा बीउको ब्याडमा जिंक तत्वको कमीका कारण खैरा रोग देखिएको छ । गवारोको संक्रमणसमेत पाइएको छ ।

जिंकको कमी हुँदा बोटको फेदतिरको पात पहेँलिने, खैरा थोप्ला देखिने, विस्तारै पात पूरै खैरो वा रातो भएर सुक्ने र धानमा गाँज नलाग्ने कृषि प्राविधिकहरु बताउँछन् । “बीउ राख्ने बेलामै जिंक सल्फेट माटोमा हाल्नुपर्ने हो”, चौहानले भने, “तर अब ढिलो भइसकेकाले किसानले जिंकलाई पानीमा घोलेर स्प्रे गर्नुपर्ने हुन्छ ।”

उनका अनुसार पानीको अभाव हुने तथा रासायनिक मल असन्तुलित रूपमा प्रयोग गरिएका तथा एउटै खेती लगातार धेरै वर्ष लगाइरहने खेतहरूमा यस्ता रोग र कीराको प्रकोप बढी देखिन्छ ।

चौहानका अनुसार गवारो धानको प्रमुख पिराहा कीरा हो, जसको लार्भाले गुवो खाएर बीउलाई नोक्सान र्पुयाउने गर्छ । पहेँलो र सेतो गवारो विशेष रूपमा धानमा क्षति र्पुयाउने कीरा हुन् । ब्याडमा गबारोको प्रकोप देखिएको र यसले उत्पादनमा असर गर्न सक्ने उनले बताए ।

अधिकृत चौहानले खैरा रोग नियन्त्रणका लागि जिंक सल्फेट २० ग्राम र चुन १२ ग्रामलाई ५० लिटर पानीमा मिसाइ स्टिकर थपेर एक रोपनी खेतमा छर्कनु पर्ने र ७ दिनको फरकमा दोहो¥याउन उपयुक्त हुने बताए ।

जिल्लामा हाल २७ हजार २०७ हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुँदै आएको छ । धानको औसत उत्पादकत्व प्रतिहेक्टर ४।२ मेट्रिकटन रहेको छ ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ९ : ०६ बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको