युवाहरुलाई सीप सिकाउँदै गण्डकी प्रेदश सरकार « Khabarhub

युवाहरुलाई सीप सिकाउँदै गण्डकी प्रेदश सरकार


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

गण्डकी – युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन गण्डकी प्रदेश सरकारले व्यावसायिक सीप विकासका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत व्यावसायिक तथा सीप विकास तालिम केन्द्रमार्फत चालु आवमा ३८ वटा सीपमूलक तालिम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ ।

यस वर्ष तालिममा सहभागी ७८७ जनाले १० किसिमका सीप आर्जन गरेको तालिम केन्द्रका निमित्त प्रमुख डिल्लीराज सुवेदीले जानकारी दिए ।

पछिल्लोपटक आयोजित तीनमहिने तालिममा २०४ जनाले सहभागिता जनाएका छन् । उक्त अवधिमा मोबाइल मर्मत, प्लम्बिङ, सिलाइकटाइ, कुक, ब्यूटीपार्लर, फेशन डिजाइन, सैलुन, मण्टेश्वरीलगायत विषयमा तालिम प्रदान गरिएको थियो ।

आगामी आवमा एक हजार चार सय युवालाई सीपमूलक तालिम प्रदान गर्ने योजना रहेको सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले बताए । उद्यमशीलता प्रवर्द्धनका लागि बिउपूँजी र ब्याजनमा अनुदानसमेत दिइने मन्त्री थापाले बताए ।

“सीप सिकेर स्वेदशमै उद्यम गर्न चाहाने युवालाई प्रदेश सरकारले आर्थिक सहायता उपलब्ध गराउँछ, बैंकबाट सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने र ब्याजमा अनुदान दिने व्यवस्था मिलाइएको छ”, उनले भने “उद्यम सञ्चालन गर्न आर्थिक अवस्था कमजोर भएकाको साथमा प्रदेश सरकार छ ।”

केन्द्रले आगामी आवमा युवाहरुलाई लक्ष्य गरी सीप विकासका थप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ९ : ३० बजे

संस्थापन इतरको राष्ट्रिय भेलामा गएर शेखरले पार्टी एकताको आह्वान गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला संस्थापन इतर समूहले

दक्षिण अफ्रिकामा खानी दुर्घटना, १४ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको रुस्टनबर्गनजिकैको प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ जना

सरकारले जनताको पीडा महसुस गर्न सकेन : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले जनताको

गोदाममा ग्यास, सडकमा लाइन : आखिर समस्या कहाँ छ ?

काठमाडौं- सरकारी निकायले खाना पकाउने ग्यास पर्याप्त छ भनेको साता

हर्मुज खोल्न जर्मनीको आग्रह

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघची र जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलबीच