धनुषाको दुहबीमा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त « Khabarhub

धनुषाको दुहबीमा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

जनकपुर– धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा सशस्त्र प्रहरी र तस्करीबीच भिडन्त भएको छ । बिहीबार साँझ ७ बजेतिर तस्करीको समान भित्र्याएर आँप बगैँचामा राखेको भन्ने सूचनाका आधारमा ३० जनाको सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो । 

सशस्त्र प्रहरी पुगेलगत्तै तस्करहरूको समूहले घरेलु हतियार, भाटा र ढुङ्गामुढासहित प्रहरीमाथि आक्रमण गरेको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल खड्काले बताए।

भिडन्तका क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएको र घाइते सशस्त्र प्रहरीहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिने क्रममा चार राउन्ड हवाई फायर र १३ सेल अश्रुग्यास प्रहार गर्नु परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  १२ : ११ बजे

ग्यास खोज्दै सिलिन्डर बोकेर सिंहदरबार घेर्न पुगे विद्यार्थी (तस्बिरहरू)

काठमाडौं– एक महिनादेखि जारी खाना पकाउने ग्यास अभावले सर्वसाधारणको दैनिकी

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक