‘माग्ने राजा’बारे केदार घिमिरे : थेगो र लवज पुरानो भए पनि दर्शकले नयाँ ‘माग्ने’ हेर्न पाउनुहुन्छ « Khabarhub

‘माग्ने राजा’बारे केदार घिमिरे : थेगो र लवज पुरानो भए पनि दर्शकले नयाँ ‘माग्ने’ हेर्न पाउनुहुन्छ


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भदौ ६ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘माग्ने राजा’मा पनि ‘माग्ने बूढा’कै भूमिकामा देखिएको भन्दै दर्शकले असन्तुष्टिसहितको टिप्पणी गरेपछि केदार घिमिरे बोलेका छन् ।

केदारले ‘छक्का पञ्जा’ टिमले निर्माण गरेको सबै फिल्ममा ‘माग्ने बूढा’कै भूमिका निर्वाह गरेका थिए । ठूलो पर्दामा पनि उनलाई ‘माग्ने बूढा’को भूमिकामा रुचाइएको छ ।

केदारलाई ‘माग्ने बूढा’को चरित्रमा हेर्न केही दर्शक अघाएका छन् । ती दर्शकहरुको असन्तुष्टिपूर्ण प्रतिक्रिया ‘माग्ने राजा’ टिजरमा देख्न पाइन्छ ।

यस फिल्ममा पनि केदारको ‘हल्का रमाइलो’ भन्ने चर्चित संवाद समावेश भएकामा समेत असन्तुष्ट बनेको दर्शक भेटिएका छन् ।

समग्रमा केदारले नयाँ भूमिकामा अभ्यास नगरेकामा उनीहरुको बढी असन्तुष्टि छ ।

एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘फेरि त्यही क्यारेक्टर । उस्तै टोन । त्यही पुरानो अभिनय । त्यही हल्का रमाइलो भन्ने संवाद । आजसम्म माग्ने बूढाको जति पनि फिल्म हेरियो, त्यही एउटै भूमिका बाहेक केही नयाँ देख्नै पाइएन ।’

यस्ता प्रतिक्रिया कमेन्ट बक्समा टन्नै छन् । तथापि फिल्म प्रदर्शनमा प्रतीक्षा रहने दर्शक कमेन्ट बक्समा बढी भेटिए ।

केदारले नयाँ भूमिकामा दर्शकले आफूलाई हेर्न चाहेको प्रतिक्रियालाई सकारात्मक ढंगले लिएको अभिव्यक्ति दिएका छन् ।

उनले भने, ‘टिजरमा आएको प्रतिक्रियाले हामी खुसी छौं । मलाई फरक भूमिकामा हेर्ने चाहनासाथ दर्शकले प्रतिक्रिया दिनुभएको छ । यसलाई सकारात्मकरुपमा लिएको छु ।’

यस फिल्ममा आफू ‘माग्ने राजा’कै चरित्रमा देखिनुको बाध्यताबारे पनि उनी बालेका छन् ।

भन्छन्, ‘माग्नैकै चरित्रको निरन्तरता स्वरुप यो फिल्ममा मैले भूमिका निर्वाह गरेको हुँ । त्यसैले यसमा पुरानो माग्नेको लवज र थेगो प्रयोग भएको हो ।’

‘माग्ने राजा’मा दर्शकले भिन्नमा ‘माग्ने’लाई देख्न पाउने उनको दाबी छ ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  २ : ५१ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग