भारतबाट नेपाल आउँदा पाँच हजार अमेरिकी डलर बराबरको रकम ल्याउन सकिन्छ : अर्थमन्त्री « Khabarhub

भारतबाट नेपाल आउँदा पाँच हजार अमेरिकी डलर बराबरको रकम ल्याउन सकिन्छ : अर्थमन्त्री


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भारतबाट नेपाल आउने व्यक्तिले पाँच हजार अमेरिकी डलर बराबरको रकम ल्याउन सक्ने व्यवस्था रहेको जानकारी दिएका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा पौडेलले भन्सारमा घोषणा नगरी पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था गरिएको जानकारी दिए । त्यस्तै थप रकम ल्याउन चाहेमा भन्सारमा घोषणा गरेर ६ लाखसम्म भारतीय मुद्रा ल्याउन सकिने उनले बताए ।

त्यस्तै उनले नेपालमा आउने पर्यटकको सहजताका लागि क्युआर र कार्डबाट निश्चित सीमासम्म भुक्तानी स्वीकार गर्ने व्यवस्था रहेको जानकारी दिए ।

अर्थमन्त्री पौडेलले भारतीय पाँच सय रुपैयाँ नेपालमा ल्याउँदा, पछि भारतले फिर्ता नलिने भएकाले पाँच सयका भारतीय नोटलाई स्वीकार नगरिएको बताए ।

उनले भन्सार बिन्दुबाट गाडी प्रवेश गरेपछि ठाउँ ठाउँमा चेकजाँच गर्नु नपर्ने व्यवस्था गरिएको उल्लेख गरे ।  

बैङ्क तथा वित्तीय संस्थासम्बन्धी विधेयकमाथि संशोधनकर्ता सदस्यहरूसँगको छलफलका क्रममा पौडेलले बैङ्क तथा वित्तीय क्षेत्रमा देखिएका समस्या समाधान गर्नकै लागि सरकारले कानून बनाउन खोजिएको बताए । 

व्यक्तिले जम्मा गरेर राखेको कालो धनलाई कर तिरेर वैध गर्ने प्रस्ताव निकै गम्भीर रहेकाले यस प्रकारको छलफलले समेत नेपाललाई ग्रे लिष्टबाट बाहिर निस्कन थप समस्यामा पार्न सक्ने उनले उल्लेख गरे । 

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  २ : १७ बजे

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त

भियतनाममा बिरालो उद्धार अभियान

हो ची मिन्ह सिटी- भियतनामको हो ची मिन्ह सिटीमा प्रहरीले

ह्याट्रिक गरेपछि मेस्सीको सम्मानमा स्टेडियम नै जुरुक्क उठ्यो 

काठमाडौं– लियोनल मेस्सी फुटबल इतिहासकै महान् खेलाडी रहेको मंगलबार राति फेरि

रौतहटको सवारी व्यवस्थापनमा सुधार

रौतहट– मधेस प्रदेशको रौतहट जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु

‘प्रेस स्वतन्त्रता, डिजिटल रूपान्तरण र ग्रामीण दूरसञ्चार विस्तार सरकारको प्राथमिकतामा’

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले अभिव्यक्ति स्वतन्त्रता,