मलेसियन लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह – ‘नेपालमा लगानी गरिदिनुस्‌’ « Khabarhub

मलेसियन लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह – ‘नेपालमा लगानी गरिदिनुस्‌’


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन्‌ ।

नेपाल भ्रमणमा रहेको मलेसिया-नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई नेपालको पूर्वधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले थप लगानी गर्न अनुरोध गरेका हुन्‌ ।

‘निजी क्षेत्रबाट लगानीका लागि नेपालमा उपयुक्त वातावरण छ, नीतिहरू लगानीमैत्री छन्, लगानीका क्षेत्रहरू पहिचान राम्रो तयारी गरी गरी अघि बढनुहोस्, सरकार सहयोग गर्न र सहजीकरण गर्न तयार छ,’ अर्थमन्त्री पौडेलले भने ।

मलेसियाली प्रतिनिधि मण्डलमा सहभागीहरूले सूचना प्रविधि, व्यापार, हाइड्रो, पूर्वधार, वातावरण, पर्यटन लगायतका क्षेत्रमा लगानीबारे चासो व्यक्त गरेका थिए

प्रतिनिधि मण्डलमा मलेसिया-नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा. चाइ कि खान, गणेशकुमार वनगाह र एमके संग्राह लगायत सहभागी रहेका अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  २ : ३८ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक