योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न नेविसङ्घको माग « Khabarhub

योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न नेविसङ्घको माग


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले योग्यताका आधारमा खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्ने कानुनी व्यवस्था गर्न माग गरेको छ ।

सङ्घीय संसद्को समितिमा विद्यालय शिक्षा विधेयकका विषयमा छलफल भइरहेका बेला शिक्षक पदपूर्ति खुला प्रतिस्पर्धाबाट गर्न नेविसङ्घले सरोकार भएका निकायको ध्यानाकर्षण गराएको हो । 

नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति प्रकाशित गरेर शिक्षक छनोट प्रक्रियालाई योग्यताको आधारमा शतप्रतिशत खुला प्रतिस्पर्धाबाट मात्रै नियुक्ति गर्ने कानुनी व्यवस्था गर्न माग गरेका हुन् ।

नेविसङ्घले शिक्षकहरूको मर्यादा, क्षमता, सेवा सुविधा वृद्धिलगायत विषयमा ध्यानाकर्षण गराएको हो । अस्थायी तथा राहत शिक्षकका हकमा ‘गोल्डेन ह्याण्डसेक’ जस्ता राहतको व्यवस्था गर्नुपर्ने अध्यक्ष शेर्पाले बताए  ।

नेविसङ्घले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न पनि सरकारसँग माग गरेको छ । विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन तथा एकीकरणका लागि बनेको विद्यालय शिक्षा विधेयक यही असार १५ गतेभित्र जारी गर्नेगरी सरकारले शिक्षक महासङ्घसहित सरोकार भएकासँग लिखित सहमति गरे पनि कार्यान्वयन भएको छैन ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ६ : १२ बजे

राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ : सभापति थापा

सुदूरपश्चिम– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रियताका मुद्दामा सरकारलाई आफ्नो

‘थेम्सको लहरमा तमोरको स्पर्श’ कविता सङ्ग्रह विमोचन

पाटन– बेलायतमा बसोबास गर्दै आएकी स्रष्टा शान्ति लिम्बूद्वारा रचित कविता

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज–  बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या : प्रदेश प्रमुख मियाँ

कैलाली– सुदूरपश्चिम प्रदेश प्रमुख नजीर मियाँले न्यायसम्पादनमा ढिलाइ हुँदा कतिपय

बजेटका लागि सुझाव संकलन पोर्टल सञ्चालन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा