रक्तसञ्चार गुणस्तरका मापदण्ड पालना गरेका छौँ : रेडक्रस सोसाइटी « Khabarhub

रक्तसञ्चार गुणस्तरका मापदण्ड पालना गरेका छौँ : रेडक्रस सोसाइटी


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल रेडक्रस सोसाइटीले रक्तसञ्चारको गुणस्तरलगायतका विषयमा प्रश्न चिह्न खडा गरी जनमानसलाई त्रास तथा भ्रम फैलाउने प्रयत्न गरिएकामा ध्यानाकर्षण भएको जनाएको छ ।

रेडक्रसले शुक्रबार विज्ञप्तिमार्फत नेपाल सरकारको राष्ट्रिय रक्तसञ्चार नीति २०७१ मा उल्लेख भएअनुसार रक्तदाता छनोट, रक्तसङ्क्रमण परीक्षण, उपकरणको मर्मत सम्भारका मापदण्ड पालना गरी विभिन्न प्रविधिअनुसार नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयले तोकेको शुल्क लिई सेवा प्रदान गरिरहेको स्पष्ट पारेको हो ।

नेपाल रेडक्रसले नेपाल सरकार, विश्व स्वास्थ्य सङ्गठन तथा विज्ञहरूको टोलीबाट हुने छानबिन, अनुगमनका लागि खुला रहेको जनाएको छ  । यसरी भएका छानबिन, अनुगमनबाट प्राप्त सुझावहरूको क्रमशः स्रोत र साधनले भ्याएसम्म कार्यान्वयन गर्दै आएको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ताले जानकारी दिए । 
 
रेडक्रसले हाल केन्द्रीय रक्तसञ्चार सेवालगायत प्रादेशिक र जिल्ला तहमा गरी एक सयभन्दा बढी स्थानमा स्वयंसेवक परिचालन गरी रक्तसञ्चार सेवा प्रदान गरिरहेको छ । 

विश्व स्वास्थ्य सङ्गठनमा सूचीकृत रिएजेन्ट, परीक्षण र उपकरणहरूको प्रयोगबाट सेवा भइआएको र राष्ट्रिय रक्तसञ्चार नीतिमा नै नेपाल रेडक्रस सोसाइटीको सेवाको उल्लेख भएको विज्ञप्तिमा उल्लेख छ ।
 
नेपाल रेडक्रसले नेपालमा २०२३ सालमा स्थापना गरेको रक्तसञ्चार सेवाले २०४८ सालदेखि नीतिगत जिम्मेवारी पाई राष्ट्रिय रक्तसञ्चार नीति २०७१ र नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट स्वीकृत निर्देशिकाबमोजिम  सेवा सञ्चालन गर्दै आएको छ । रासस
 

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ६ : ३३ बजे

राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ : सभापति थापा

सुदूरपश्चिम– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रियताका मुद्दामा सरकारलाई आफ्नो

‘थेम्सको लहरमा तमोरको स्पर्श’ कविता सङ्ग्रह विमोचन

पाटन– बेलायतमा बसोबास गर्दै आएकी स्रष्टा शान्ति लिम्बूद्वारा रचित कविता

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज–  बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या : प्रदेश प्रमुख मियाँ

कैलाली– सुदूरपश्चिम प्रदेश प्रमुख नजीर मियाँले न्यायसम्पादनमा ढिलाइ हुँदा कतिपय

बजेटका लागि सुझाव संकलन पोर्टल सञ्चालन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा