रकम हिनामिना गरेको आरोपमा एक युवा पक्राउ | Khabarhub Khabarhub

रकम हिनामिना गरेको आरोपमा एक युवा पक्राउ


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

गाईघाट– यहाँको त्रियुगा नगरपालिका–१० बोक्सेका ३५ वर्षीय अङ्कित श्रेष्ठलाई प्रहरीले किर्ते गरेर रकम हिनामिना गरेको कसुरमा पक्राउ गरेको छ । 

श्रेष्ठले बोक्सेस्थित महिला तथा जनजागृति सहकारीको युवा स्वरोजगार कोषको रकम ठगी तथा किर्ते गरेर हिनामिना गरेको प्रहरीले जनाएको छ ।

युवा स्वरोजगार कोषका सदस्यसमेत रहेका श्रेष्ठले अन्य पदाधिकारीका नाममा किर्ते माइन्युट खडा गरेर हिनामिना गरेको प्रहरी कार्यालयका सूचना अधिकारी केदामान दोङले जानकारी दिए ।

श्रेष्ठविरुद्ध किर्ते तथा ठगीको निवेदन परेपछि बिहीबार श्रेष्ठलाई पक्राउ गरिएको र आज म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ७ : २८ बजे

आज विश्व सुनामी सचेतना दिवस मनाइँदै

काठमाडौं – ‘सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ आज जापानलगायत

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने

बर्लिन – जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब

विश्वकप लिग-२: आज युएईसँग भिड्दै नेपाल

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलाको अन्तिम

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क