काठमाडौं – रेडियो कान्तिपुरले शनिबार यस संस्करणको ‘नेशनल म्युजिक अवार्ड’ गर्ने भएको छ । आयोजकले काठमाडौंको दरबार मार्गमा शुक्रबार पत्रकार सम्मलेन गरी अवार्ड कार्यक्रमबारे जानकारी दिएको हो ।
यस पटक विभिन्न १४ विधाका विजेतालाई अवार्ड प्रदान गरिने बताइएको छ । त्यस्तै, संगीत क्षेत्रमा योगदान पुर्याउने एक जना ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित हुने आयोजकले बताएको छ ।
असार २८ गते शनिबार गोदावारीको सनराइज सम्मेलन केन्द्रमा यो कार्यक्रम हुने बताइएको छ ।
कार्यक्रममा गायक कुमा सागर र दुर्गेश थापाले लाइभ प्रस्तुती दिने आयोजकले बताएको छ । त्यस्तै, अन्य गायकहरु सुशान्त घिमिरे, स्वप्न सुमन, अस्मिता अधिकारी, वाङ्देन शेर्पा, एलिना चौहान, पशुपति शर्माले पनि लाइभ प्रस्तुती दिनेछन् ।
कलाकार सुन्दर खनाल र सुजिता श्रेष्ठले हाँस्य प्रस्तुति दिने तय भएको आयोजकले जानकारी दिएको छ ।
यो पटक अवार्ड कार्यक्रमलाई थप वृहत बनाउने योजना रहेको आयोजकतर्फबाट सुरज सिंह ठकुरीले बताए ।
उनले भने, ‘यो पटक अवार्ड कार्यक्रम वृहत बनाउन हामी गोदावारी पुगेका हौं । यो पटक धेरै दर्शकलाई सहाभागी बनाउन ठूलो सिट क्षमता भएको हलमा यो कार्यक्रम आयोजना हुन लागेको हो ।’
यो कार्यक्रम रेड कार्पेटसहित आयोजना हुने आयोजकले बताएको छ ।
प्रतिक्रिया