कलाकार लक्ष्मी श्रेष्ठको निधन « Khabarhub

कलाकार लक्ष्मी श्रेष्ठको निधन


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। । चर्चित हास्य सिरियल ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’को भूमिका निभाएर दर्शकमाझ लाेकप्रिय बनेकी कलाकार श्रेष्ठको शुक्रबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ। केही महिनादेखि घरमै थला परेकी उनी स्तन क्यान्सर लगायतका रोगबाट पीडित थिइन्।

‘मेरी बास्सै’मा उनले ‘खड्काजी’ (सीताराम कट्टेल) की छुच्ची श्रीमतीको रूपमा अभिनय गरेकी थिइन्, जसले उनलाई दर्शकमाझ निकै लोकप्रिय बनायो।

लामो समयदेखि अभिनय क्षेत्रमा क्रियाशील लक्ष्मीले जिरे खुर्सानी, कान्छी, उल्टो सुल्टो जस्ता टेलिशृंखलामा अभिनय गरेकी छन्। यस्तै, थुप्रै चलचित्र र म्युजिक भिडियोहरूमा पनि उनी देखिएकी थिइन्। शिवहरि पौड्याल निर्देशित फिल्म लक्का जवानमा समेत उनले अभिनय गरेकी थिइन्।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ११ : ०५ बजे

सुनसरीमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरी- सुनसरीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको

रास्वपाकै सांसद भन्छन् : ग्यास अभावले बजारमा मुख देखाएर हिँड्नै गाह्रो भयो, सरकार कहाँ छ ?

काठमाडौं- एक महिनायता बजारमा ग्यासको हाहाकार भइरहेका बेला राष्ट्रिय स्वतन्त्र

रास्वपा सांसद्‍को माग : राहत कोष तत्काल परिचालन गरी अस्थायी आवास देऊ

काठमाडौं– रास्वपा सांसद क्रान्तिशिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण