इङ्गल्यान्डको नाटकीय पारी: ६ डक आउट, भारतविरुद्ध तीन सय रनको साझेदारी « Khabarhub

इङ्गल्यान्डको नाटकीय पारी: ६ डक आउट, भारतविरुद्ध तीन सय रनको साझेदारी


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

लन्डन – भारतले इङ्गल्यान्डसँगको दोस्रो टेस्टमा २४४ रनको अग्रता लिएको छ। पहिलो पारीमा भारतले बनाएको ५८७ रनको जवाफमा ब्याटिङ गरेको इङ्गल्यान्ड ४०७ रनमा आउट भएको हो। शुक्रबार तेस्रो दिनको खेल सकिँदा भारतले एक विकेटको क्षतिमा ६४ रन जोडेको छ।

भारतका ओपनर यशस्वी जयसवाल २८ रनमा आउट भए। अब केएल राहुल २८ र करुण नाइरले ६ रनबाट चौथो दिनको खेल सुरु गर्नेछन्।

यसअघि इङ्गल्यान्डको पारी भने नाटकीय रहेको थियो। २५ रनमा तीन सय ८४ रनमा ५ विकेट गुमाएको इङ्गल्यान्डका लागि हेरी ब्रुक र जेम्स स्मिथले छैटौँ विकेटका ३०३ रनको साझेदारी गरे। ब्रुकलाई १५८ रनमा आउट गरपछि सो साझेदारी टुटेको थियो। स्मिथ १८४ रनमा अविजित रहे। ब्रुक आउट भएपछि इङ्गल्यान्डले २० रनमा बाँकी विकेट गुमाएको थियो। इङ्गल्यान्डका ६ ब्याट्सम्यान शून्य रनमा आउट भए। भारतका मोहम्मद सिराजले ६ विकेट लिए। यसैगरी आकाश दिपले चार विकेट लिए।

स्मिथको १८४ रन कुनै पनि विकेट किपर इङ्लिस ब्याट्सम्यानले बनाएको सबै भन्दा धेरै रन हो। उनले ८० बलमा शतक प्रहार गरेका थिए।

ब्रुक र स्मिथ टेस्टमा छैटौँ विकेटका लागि तीन सय रन भन्दा बढीको साझेदारी गर्ने नवौँ जोडी हो। भारतले टेस्टमा ६ ब्याटरलाई शून्यमा आउट गरेको यो दोस्रो पटक हो। भारतका जयसवालले भने दुई हजार टेस्ट रन पुरा गरे। राहुल द्रविड र वीरेन्द्र सेहबागसँगै जयसवाल पनि सबै भन्दा थोरै ४० पारीमा नै सो कोशेढुंगा पार गर्न सफल भएका हुन्।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ७ : १० बजे

विश्वकप : अफगानिस्तानले क्यानडालाई दियो २०१ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

रुफटफ भएका गाडी उम्मेदवारले प्रयोग गर्नै नपाउने

काठमाडौँ- केन्द्रीय सुरक्षा समितिले उम्मेदवारले छत खोल्न मिल्ने गाडी (रुफटफ)

कांग्रेस-एमालेको दुई तिहाइको दम्भका कारण देशमा असहज अवस्था आयोः उपेन्द्र यादव

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–एमालेको

जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा

कास्की – जावलाखेल युथ क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना