एसिसी यु-१६ कप फाइनल : सिंगापुरविरुद्ध बलिङ गर्दै नेपाल, दोस्रो बलमै लियो पहिलो विकेट « Khabarhub

एसिसी यु-१६ कप फाइनल : सिंगापुरविरुद्ध बलिङ गर्दै नेपाल, दोस्रो बलमै लियो पहिलो विकेट


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल मलेसियामा जारी एसिसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा आज सिंगापुरसँग भिड्दै छ। सिंगापुरले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपालले सुरुमा बलिङ गर्दैछ ।

नेपालका लागि पहिलो सफलता दोस्रो बलमै हात परेको छ । अभय यादवले सिंगापुरका ओपनर आहान वुथान्डमलाई आउट गरेका हुन् । दुई बलको सामना गरेका उनी कप्तान विपिन शर्माबाट क्याच आउट भएका हुन् ।

साविक विजेता नेपाल उपाधि लक्ष्यका साथ मैदानमा हुनेछ। नेपाल सेमिफाइनलमा घरेलु टोली मलेसियालाई ९ विकेटले पराजित गर्दै फाइनल पुगेको हो भने हङकङलाई चार विकेटले हराउँदै सिंगापुरले फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो।

प्रतियोगितामा नेपाल अपराजित छ। समूह चरणको पहिलो र दोस्रो खेलमा क्रमशः सिंगापुर र जापानविरुद्ध ६ र नौ विकेटको जित निकालेको नेपालले तेस्रो खेलमा इन्डोनेसियामाथि ३७० र भुटानविरुद्ध २९८ रनको शानदार जित निकालेको थियो।

समूह चरणको पहिलो भेटमा सिंगापुरलाई ६ विकेटले पराजित गरेको नेपाल उपाधि उचाल्ने उच्च मनोबलका साथ मैदानमा हुनेछ। सिंगापुर भने प्रतियोगिताको पहिलो भेटको बदला फाइनलमा लिने दाउमा हुनेछ। प्रतियोगितामा नेपाल पराजित टिम हो भने सिंगापुरले नेपालसँगको भेटमा एक हार चाखेको छ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ७ : ४७ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी