किसानलाई अनुदानमा हाते ट्रयाक्टर वितरण | Khabarhub Khabarhub

किसानलाई अनुदानमा हाते ट्रयाक्टर वितरण


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखा नगरपालिका– ८ ले कृषिलाई प्रविधिमैत्री बनाउन किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ । वडाभित्रका १६ जना किसानलाई अनुदानमा हाते ट्रयाक्टर गरिएको वडाध्यक्ष ऋषिराम खत्रीले जानकारी दिए ।

किसानलाई कृषि प्रविधिमैत्री बनाउँदै खेती गर्दा कम लगानीमा उत्पादन वृद्धि गराउनका लागि कृषिमा आश्रित विपन्न, युवा कृषक र महिलालाई लक्षित गरेको ट्र्याक्टर वितरण गरिएको उनको भनाइ छ ।

‘प्रत्येकलाई किसानलाई २०–२० हजार अनुदान पर्ने गरी हाते ट्र्याक्टर वितरण गरिएको हो’, वडाध्यक्ष खत्रीले भने, ‘तीन वर्षको अवधीमा वडाभित्र ८४ जना किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको छ ।’ कृषकलाई वितरण गरिएको ट्र्याक्टर ६ हर्जपावर क्षमताको रहेको उनले बताए ।

वडा कार्यालयको चालु आर्थिक वर्ष २०८१–०८२ को कृषिमा यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको हो ।

परम्परागत खेती प्रणालीमा खेतबारी जोत्न लागि गोरुको प्रयोग गर्दै आएको भए पनि गाउँमा पछिल्लो समय गोरु पाल्नेको सङ्ख्या न्यून हुँदै गएकाले गोरुको अभावमा खेतबारी बाँझो नबनोस् भन्ने उद्देश्यसहित नगरपालिकाले कृषकलाई कृषि औजारमा अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको नगरप्रमुख कृष्णबहादुर रानामगरको भनाइ छ ।

अनुदान उपलब्ध गराउँदा यसअघि अनुदान नपाएका किसानलाई मात्र छनोट गर्ने गरिएको उनले बताए । कृषि क्षेत्रलाई व्यावसायिक बनाउन र उत्पादन वृद्धिका लागि कृषि प्रणालीलाई यान्त्रिक एवं आधुनिकीकरण गर्नु आवश्यक रहेकाले पनि कृषि औजार अनुदान कार्यक्रमलाई नगरपालिकाले प्राथामिकता दिँदै आएको नगरप्रमुख रानामगरले जानकारी दिए । (रासस)

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ९ : ४९ बजे

कराँचीमा भवन भत्किँदा १२ जनाको मृत्यु

कराँची– पाकिस्तानको कराँचीमा लियारी भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १२

कुलिङ पिरियड विवाद : सात सदस्यीय विशेष समिति गठन गर्ने निर्णय

काठमाडौं– ‘संघीय निजामती सेवा विधेयक २०८०’ मा व्यवस्था गरिएको कुलिङ

एमाले बाहेकका पाँच कम्युनिष्ट घटकको संयुक्त बैठक, इजरायलविरुद्ध अभियान चलाउने

काठमाडौं – नेकपा (माओवादी केन्द्र) लगाएका दलहरूले इजरायलले मध्यपूर्वका मुलुकमाथि

‘गीत सङ्गीतले राजनीतिक एवं सामाजिक परिवर्तनका लागि सहयोग गरेको छ’

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले गीत सङ्गीतले राजनीतिक

पाँच कम्युनिष्ट पार्टी एकै ठाउँ, राजनीतिक विषयमा छलफल

काठमाडौं– देशका विभिन्न पाँच कम्युनिष्ट पार्टीहरूले छलफल थालेका छन् ।