एसीसी यु–१६ फाइनल : सिंगापुरद्वारा नेपालसामु ११४ रनको लक्ष्य « Khabarhub

एसीसी यु–१६ फाइनल : सिंगापुरद्वारा नेपालसामु ११४ रनको लक्ष्य


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेटको फाइनलमा सिंगापुरले नेपालसामु ११४ रनको लक्ष्य दिएको छ ।

मलेसियामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४० ओभर ५ बलमा अलआउट हुँदै ११३ रन बनाएको छ ।

सिंगापुरका रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । यस्तै, रियान नायकले १५, वेदान्श गुप्ताले १२ तथा आकाश तेजाले १० रन जोडे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका शुशील बहादुर रावल र अभय यादवले ३–३, शुभम खनालले २ तथा कप्तान विपिन प्रसाद शर्माले १ विकेट लिए ।

नेपाल घरेलु टोली मलेसियालाई हराउँदै फाइनल पुगेको थियो भने सिंगापुरले हङकङलाई हराएको थियो ।

प्रतियोगितामा नेपाल अपराजित टिम हो भने सिंगापुरले नेपालसँगको भेटमा एक हार बेहोरेको छ ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  १० : ३५ बजे

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको