सुदूरपश्चिमका मुख्यमन्त्रीले भेटे सभापति देउवालाई  « Khabarhub

सुदूरपश्चिमका मुख्यमन्त्रीले भेटे सभापति देउवालाई 


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीको समर्थन गुमाएको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । 

उन्मुक्ति पार्टीले समर्थन फिर्ता गरेको एक दिनपछि शनिबार बूढानीलकण्ठस्थित निवास पुगेर उनले सभापति देउवासँग भेट गरेका हुन् । भेटबारे केही खुलाइएको छैन । 

मुख्यमन्त्री शाहका प्रेस संयोजक डम्मर बमले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको खबरबहलाई प्रतिक्रिया दिएका छन् । मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई दिएको समर्थन उन्मुक्ति पार्टीले शुक्रबारमात्रै फिर्ता लिएको थियो । 

उक्त पार्टीले समर्थन फिर्ता लिए पनि सुदूरपश्चिम सरकारको सत्ता समीकरणमा गणितीय असर भने पर्दैन । संघीय सरकारका लागि कांग्रेस र एमालेबीच सात बुँदे सहमति पछि सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा सरकार गठन भएको थियो ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  १२ : २९ बजे

अनुहार नमिलेपछि जेन-जी सहिदको सालिक अनावरण रोकियो (तस्बिरहरू)

काठमाडौं–  जेन–जी आन्दोलनका सहिदहरूको अनुहारसँग सालिक नमिलेपछि ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल

हर्मुजमा इरान–अमेरिका तनाव चर्कियो, तेलको मूल्य १०० डलरनजिक

एजेन्सी– इरान र अमेरिकाबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२