विकास-निर्माणका काममा राजनीति नगरौँ : विमलेन्द्र निधि « Khabarhub

विकास-निर्माणका काममा राजनीति नगरौँ : विमलेन्द्र निधि


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाल कांग्रेसका नेता विमलेन्द्र निधिले विकास–निर्माणका गतिविधिमा राजनीति गर्नु अनुचित भएकाले पत्रकारिताका माध्यमबाट सकारात्मक सूचना एवं विचार सम्प्रेषण गर्नु अपरिहार्य भएको बताएका छन् ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्वउपप्रधानमन्त्री निधिले राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणका लागि रु आठ करोड बजेट विनियोजन भएको जानकारी दिए । उनले राजनीतिक दुर्भावनाका कारण भवन निर्माणमा अवरोध भएको बताए।

 आफूले वर्षौंदेखि राजर्षि जनक विश्वविद्यालय स्थापनाका लागि सङ्घर्ष गरेको उल्लेख गर्दै नेता निधिले विश्वविद्यालयको भवन निर्माण गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे। 

त्यस अवसरमा नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार, प्रदेश सांसद रामसरोज यादवलगायत नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ३ : ४२ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग