विकास-निर्माणका काममा राजनीति नगरौँ : विमलेन्द्र निधि | Khabarhub Khabarhub

विकास-निर्माणका काममा राजनीति नगरौँ : विमलेन्द्र निधि


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाल कांग्रेसका नेता विमलेन्द्र निधिले विकास–निर्माणका गतिविधिमा राजनीति गर्नु अनुचित भएकाले पत्रकारिताका माध्यमबाट सकारात्मक सूचना एवं विचार सम्प्रेषण गर्नु अपरिहार्य भएको बताएका छन् ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्वउपप्रधानमन्त्री निधिले राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणका लागि रु आठ करोड बजेट विनियोजन भएको जानकारी दिए । उनले राजनीतिक दुर्भावनाका कारण भवन निर्माणमा अवरोध भएको बताए।

 आफूले वर्षौंदेखि राजर्षि जनक विश्वविद्यालय स्थापनाका लागि सङ्घर्ष गरेको उल्लेख गर्दै नेता निधिले विश्वविद्यालयको भवन निर्माण गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे। 

त्यस अवसरमा नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार, प्रदेश सांसद रामसरोज यादवलगायत नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ३ : ४२ बजे

वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला

काठमाडौं – वैभव सूर्यवंशीले फेरि विस्फोटक पारी खेलेपछि भारतीय यु-१९

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार