युवाहरुलाई साथ लिएर अघि बढ्नेछाैँ : प्रचण्ड « Khabarhub

युवाहरुलाई साथ लिएर अघि बढ्नेछाैँ : प्रचण्ड


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवाहरुलाई साथमा लिएर अघि बढ्ने बताएका छन् । 

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पर्सा–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले माओवादीले क्रान्तिको झण्डा उठाउँदा युवाहरू र संगीतले महत्वपूर्ण भूमिका खेलेको भन्दै अव पनि युवाहरूलाई साथमा लिएर अघि बढ्ने बताएका हुन् । 

भूमिगत रुपमा क्रान्तिको तयारी गर्दा भाषण, दर्शन र सिद्धान्तले भन्दा गीत र संगीतबाट जनतालाई उत्साहित गर्न सफल भएको उनले स्मरण गरे । प्रचण्डले आगामी निर्वाचनको लडाइँमा पनि संगीतको भूमिका निर्णायक हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा कलाकार बाबा पाख्रिन लगायतलाई प्रचण्डले माओवादी प्रवेश गराएका थिए । 

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ३ : ५७ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग