सय जनामध्ये ९० जनामा सकारात्मक सोच नै छैन : शेखर कोइराला  « Khabarhub

सय जनामध्ये ९० जनामा सकारात्मक सोच नै छैन : शेखर कोइराला 


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सय जनामध्ये ९० जनामा सकारात्मक सोच नै नरहेको टिप्पणी गरेका छन् ।

शनिबार राष्ट्रिय सभा गृहमा आयोजना गरेको ‘सकारात्मक सोच र जय नेपाल फाउन्डेसन’ विषयक गोष्ठीमा उनले यस्तो टिप्पणी गरेका हुन् । पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको जन्मोत्सवको अवसरमा जय नेपाल फाउन्डेसनले उक्त गोष्ठी आयोजना गरेको थियो । 

‘सकारात्मक सोच र जय नेपाल फाउन्डेसन जुन भनिएको छ, सकारात्मक सोचलाई कसरी लिनुभएको छ तपाईंहरूले ?,’ नेता कोइरालाले प्रश्न गर्दै भने, ‘केलाई सकारात्मक सोच भन्ने? म त दिनको सय जना त भेटिरहेको हुन्छु, ८०–९० जनामा म सकारात्मक देख्दैन ।’ 

उनले युवालाई आशावादी हुन आग्रह गर्दै केही गर्छु भन्ने सोच राख्न पनि आग्रह गरे ।

 ‘आशावादी नै हुनुहुन्न तपाईंहरू, आशावादी हुनुस्,’ नेता कोइरालाले भने, ‘केही गर्न सकिँदैन भन्ने होइन, अब मैले के गर्ने भन्ने कुरा सोच्नु प¥यो तपाईंहरूले ।’

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ५ : ०७ बजे

अनुहार नमिलेपछि जेन-जी सहिदको सालिक अनावरण रोकियो (तस्बिरहरू)

काठमाडौं–  जेन–जी आन्दोलनका सहिदहरूको अनुहारसँग सालिक नमिलेपछि ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल

हर्मुजमा इरान–अमेरिका तनाव चर्कियो, तेलको मूल्य १०० डलरनजिक

एजेन्सी– इरान र अमेरिकाबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२