गिरिजाप्रसादले हिम्मत नगरेको भए नेपालमा गणतन्त्र आउने थिएन : देउवा  « Khabarhub

गिरिजाप्रसादले हिम्मत नगरेको भए नेपालमा गणतन्त्र आउने थिएन : देउवा 


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइराला नभएको भए नेपालमा गणतन्त्र आउने सम्भावना नै रहेको दाबी गरेका छन् । 

जय नेपाल फाउन्डेसनले शनिबार राष्ट्रियसभा गृहमा आयोजना गरेको कार्यक्रममा उनले गणतन्त्रबारे सोच्नसमेत नसकिने समयमा पूर्वप्रधानमन्त्री कोइरालाले राजतन्त्र ढाल्ने हिम्मत गरेको दाबी गरेका हुन् । 

‘गिरिजाबाबु धेरै लडाकु व्यक्ति हो । उहाँ नभएको भए गणतन्त्र आउने थिएन । त्यस्तो आँटिलो व्यक्ति हो,’ सभापति देउवाले भने, ‘हिम्मत भएको व्यक्ति हो । त्यो बेला मान्छेहरूले गणतन्त्र ल्याउनुपर्छ भनेर सोच्न पनि सक्दैन थिए । उहाँले हिम्मत गर्नुभएकै हो ।’ 

उनले कोइरालाको हिम्मत र समन्वयकारी भूमिकाका कारण पहिलो संविधानसभाबाट संविधान जारी नभए पनि गणतन्त्र आएको पनि जिकिर गरे । 

‘पहिलो संविधानसभाबाट संविधान बनेन,’ सभापति देउवाले भने, ‘तर, पहिलो संविधानसभाको पहिलो दिन मै गणतन्त्र पास भयो ।’ 

पूर्वप्रधानमन्त्री देउवाले नेपाललाई गणतान्त्रिक मुलुक बनाउने श्रेय कोइरालालाई जाने पनि बताए ।  

‘सच्चा मानेमा भन्ने हो भने गणतन्त्र ल्याउने पहिलो श्रेय गिरिजाप्रसाद कोइरालामा जान्छ,’ उनले भने, ‘उहाँले गणतन्त्र ल्याउनुभएको हो ।’

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ५ : २० बजे

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी