गिरिजाप्रसादले हिम्मत नगरेको भए नेपालमा गणतन्त्र आउने थिएन : देउवा  « Khabarhub

गिरिजाप्रसादले हिम्मत नगरेको भए नेपालमा गणतन्त्र आउने थिएन : देउवा 


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइराला नभएको भए नेपालमा गणतन्त्र आउने सम्भावना नै रहेको दाबी गरेका छन् । 

जय नेपाल फाउन्डेसनले शनिबार राष्ट्रियसभा गृहमा आयोजना गरेको कार्यक्रममा उनले गणतन्त्रबारे सोच्नसमेत नसकिने समयमा पूर्वप्रधानमन्त्री कोइरालाले राजतन्त्र ढाल्ने हिम्मत गरेको दाबी गरेका हुन् । 

‘गिरिजाबाबु धेरै लडाकु व्यक्ति हो । उहाँ नभएको भए गणतन्त्र आउने थिएन । त्यस्तो आँटिलो व्यक्ति हो,’ सभापति देउवाले भने, ‘हिम्मत भएको व्यक्ति हो । त्यो बेला मान्छेहरूले गणतन्त्र ल्याउनुपर्छ भनेर सोच्न पनि सक्दैन थिए । उहाँले हिम्मत गर्नुभएकै हो ।’ 

उनले कोइरालाको हिम्मत र समन्वयकारी भूमिकाका कारण पहिलो संविधानसभाबाट संविधान जारी नभए पनि गणतन्त्र आएको पनि जिकिर गरे । 

‘पहिलो संविधानसभाबाट संविधान बनेन,’ सभापति देउवाले भने, ‘तर, पहिलो संविधानसभाको पहिलो दिन मै गणतन्त्र पास भयो ।’ 

पूर्वप्रधानमन्त्री देउवाले नेपाललाई गणतान्त्रिक मुलुक बनाउने श्रेय कोइरालालाई जाने पनि बताए ।  

‘सच्चा मानेमा भन्ने हो भने गणतन्त्र ल्याउने पहिलो श्रेय गिरिजाप्रसाद कोइरालामा जान्छ,’ उनले भने, ‘उहाँले गणतन्त्र ल्याउनुभएको हो ।’

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ५ : २० बजे

०१५ सालका मतदाता सुरेन्द्रबहादुर भन्छन्- राजनीति नै स्वार्थको साधन बनेपछि नयाँ पुरानाको भेद रहेन

नेपाली कांग्रेसले घरदैलो पुरानो बानेश्वर चोकबाट कार्यक्रम सुरु गर्‍यो ।

न्युजिल्याण्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित, रोचक बन्यो सेमिफाइनल समीकरण

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको प्रतिस्पर्धा

रास्वपाले भन्यो : मोदीलाई लेखेको भनिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने

भीडभाड गरेर फागु खेल्न नपाइने

गण्डकी – प्रतिनिधिसभा सदस्य चुनावको सम्मुखमा परेको फागु पर्व यसपालि

रास्वपाले मोदीलाई लेखेको भनिएको पत्र भाइरल, शिशिर खनाल भन्छन् – यो ‘फेक’ हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावअघि