‘गीत सङ्गीतले राजनीतिक एवं सामाजिक परिवर्तनका लागि सहयोग गरेको छ’ « Khabarhub

‘गीत सङ्गीतले राजनीतिक एवं सामाजिक परिवर्तनका लागि सहयोग गरेको छ’


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले गीत सङ्गीतले राजनीतिक एवं सामाजिक परिवर्तनका लागि निकै सहयोग गरेको बताएका छन्।

साहित्यकार गोपालप्रसाद रिमालको १०८औँ जन्मजयन्तीका अवसरमा साहित्य सदन नेपालले रामहिटीमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा उनले गीत सुनरै आफूहरू प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलनमा सहभागी भएको स्मरण गरे । गीतले दैनिक जीवनमा पारेको प्रभावबारे अध्ययन गरिनुपर्नेमा पनि मन्त्री पन्तको जोड थियो । 

दक्षिण एसियाली क्षेत्रको कम्युनिष्ट आन्दोलनमा पनि गीतले प्रभाव पारेको बताउँदै उनले नेपालको माओवादी सशस्त्र द्वन्द्वमा पनि गीत सङ्गीत क्षेत्रको भूमिकाबारे समेत चर्चा गरे ।

प्रतिनिधिसभा, अर्थ समितिका सभापति सन्तोष चालिसेले काठमाडौँको उत्तरपूर्वी भेग साहित्यिक रूपमा अग्रस्थानमा रहेको बताए। आफू गोकर्णेश्वर नगरपालिकाको नगरप्रमुख भएका बेला धर्म, संस्कृति र साहित्यिक क्षेत्रको विकासका लागि काम गरेको उनले उल्लेख गरे।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेती, आयोजक संस्थाका अध्यक्ष हेमनाथ पौडेललगायतले नेपाली साहित्य एवं गीत सङ्गीत  क्षेत्रमा रिमालको योगदानबारे चर्चा गरेका थिए ।

कार्यक्रममा यस वर्षको गोपालप्रसाद रिमाल पुरस्कार मेघराज शर्मा नेपाल ‘मञ्जुल’ लाई प्रदान गरिएको थियो । 
 

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ५ : ५८ बजे

अनुहार नमिलेपछि जेन-जी सहिदको सालिक अनावरण रोकियो (तस्बिरहरू)

काठमाडौं–  जेन–जी आन्दोलनका सहिदहरूको अनुहारसँग सालिक नमिलेपछि ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल

हर्मुजमा इरान–अमेरिका तनाव चर्कियो, तेलको मूल्य १०० डलरनजिक

एजेन्सी– इरान र अमेरिकाबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२