एसपीलाई आमाचकारी गाली गर्ने अशोक यादवका आपराधिक मुद्दाको फेहरिस्त प्रहरीद्वारा सार्वजनिक | Khabarhub Khabarhub

एसपीलाई आमाचकारी गाली गर्ने अशोक यादवका आपराधिक मुद्दाको फेहरिस्त प्रहरीद्वारा सार्वजनिक


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का नेता अशोक यादवमाथि लागेका आपराधिक मुद्दा प्रहरीले सार्वजनिक गरेको छ ।

सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमा ‘अपशब्द’ प्रयोग गर्ने जसपाका नेता यादवमाथि चोरी, अभद्र व्यवहार, र ज्यान मार्ने उद्योग जस्ता गम्भीर आपराधिक मुद्दा दर्ता रहेको प्रहरीले सार्वजनिक गरेको छ ।

जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश नेता तथा पूर्व प्रदेशसभा सदस्य यादवका कसुरमाथि लागेका मुद्दा जिल्ला प्रहरी कार्यालय सर्लाहीले शनिबार सार्वजनिक गरेको हो । प्रहरीका अनुसार यादव पटक–पटक आपराधिक गतिविधिमा संलग्न भएको देखिएको छ ।

पछिल्लो पटक एसपी खड्कालाई फोनमा गाली गर्ने यादवलाई आपराधिक उपद्रव सम्बन्धी कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। यसअघि पनि उनीमाथि विभिन्न मुद्दा लागेका थिए ।

बिहीबार राति सर्लाहीका एसपी खड्का र जसपाका प्रदेश अध्यक्ष यादवबिच फोनमा गालीगलौज भएको अडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यादवले एसपी खड्कालाई प्रहरीले कमिसन उठाएर खाएको आरोप लगाएका छन् ।

जसपा नेता यादवलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरेको सर्लाही प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईका अनुसार असार १३ गते पूर्वाधार कार्यालयले शान्ति सुरक्षाको प्रबन्ध गर्न निवेदन दिएको थियो । सोही निवेदन अनुसार प्रहरीले सुरक्षा दिँदा विवाद उत्पन्न भएको हो ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ७ : १३ बजे

धरती र जीवन दुवैमा शान्ति छाओस् : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशीको शुभकामना व्यक्त गरेका

सोटो नेपालको अध्यक्षमा शाही चयन

काठमाडौं– नेपालका ट्राभल तथा टुर अपरेटरहरूकाे साझा संस्था सोसाइटी अफ

प्रधानमन्त्रीकै निर्देशनमा त्रिवि सिनेट बैठक स्थगित भएकोमा कांग्रेस असन्तुष्ट

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक स्थगित भएको प्रति नेपाली कांग्रेसका

उत्कृष्ट इञ्जिनियरलाई पुरस्कृत गरिँदै, आवेदन दिन आज अन्तिम दिन 

काठमाडौं– नेपाल इन्जिनियर्स एशोसिएसनले ६३औँ इन्जिनियर दिवस विविध कार्यक्रमसहित साउन

प्रि ओप सेसन : चार अंकले बढ्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल