हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने « Khabarhub

हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आइतबार हुम्ला जाँदै छन् । कर्णाली करिडोर अन्तर्गत खार्पुनाथ–५ स्थित चुवाखोलामा बनाइएको बेलीब्रिजको उद्घाटनका लागि प्रधानमन्त्री ओली हुम्ला जान लागेका हुन् ।

योसँगै देशका ७७ जिल्लामा राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने २६ वर्षको सपना पूरा हुने भएको छ ।

यो सडक सञ्चालनमा आएपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिने छ ।

यो राजमार्ग बाँकेस्थित सीमावर्ती क्षेत्र जमुनिया नाकाबाट प्रारम्भ भएर हुम्लास्थित चीनको सीमावर्ती क्षेत्र हिल्सामा टुंगिन्छ । ४१० किलोमीटर यस सडकले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्ने छ ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ९ : २६ बजे

पशुपतिमा साउने सोमबारको तयारी सुरु

काठमाडौं – पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमबारको

गणेश नेपालीको निधनप्रति यातायात व्यवसायी राष्ट्रिय महासङ्घद्वारा दुःख व्यक्त

काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पठाओ चालक गणेश

गोलभेँडाले मूल्य नपाउँदा कृषकहरु चिन्तित

पाँचथर – यहाँ उत्पादित गोलभेँडाले उचित मूल्य नपाउँदा किसान समस्यामा

भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजिल्याण्डमा

अकल्यान्ड – दुई देशबीच व्यापार, लगानी र रणनीतिक साझेदारी द्रुत