प्रमुख प्रतिपक्षीसहित छ दलको अवरोधपछि मधेस प्रदेशसभा बैठक स्थगित | Khabarhub Khabarhub

प्रमुख प्रतिपक्षीसहित छ दलको अवरोधपछि मधेस प्रदेशसभा बैठक स्थगित


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– विपक्षी दलहरूको अवरोधपछि मधेस प्रदेशसभा बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी, नेपालसहित ६ दलले अवरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए । आधा घण्टाका लागि स्थगित बैठक सुचारु हुन नसक्दा भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।

जसपा नेपालका रामअशिष यादवले सतिशकुमार सिंह नेतृत्वको सरकारले ल्याएको बजेटमा बिचौलिया हाबी भएको बताए। उनले मुख्यमन्त्रीका बुवाले २० वर्षअघि बनाएको भवनको भुक्तानी गर्ने गरी बजेट ल्याइएको, डीपीआरमा करोडौँ रकम विनियोजन गरिएको भन्दै आपत्ति जनाए।

नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक कनिस पटेलले बजेट असमान रहेको बताए। उनले सदनमा रहेका विपक्षी दल मात्र नभई सत्तापक्ष र सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीका अध्यक्षले समेत बजेटको विरोध जनाइसकेको बताए। उनले बजेटको पुनर्लेखन नगरेसम्म बैठक चल्न नदिने बताए।

यस्तै, माओवादी केन्द्रका दलका उपनेता युवराज भट्टराईले यो बजेटमा ५ लाखको खुद्रे योजना रहेकाले यसको पुनर्लेखन नभएसम्म बैठकलाई सञ्चालन नगर्न आग्रह गरे।

जसपा नेपालसहित नेकपा एस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीले बैठक अवरुद्ध गरेका हुन्।
 

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ३ : ४६ बजे

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको सीईओमा सञ्जोग गुप्ता

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सञ्जोग गुप्तालाई प्रमुख कार्यकारी

‘सरकारमा रहँदा सुशासनको अभियानलाई गुणात्मक ढङ्गले अघि बढायौँ’

काठमाडौं– नेपाल कम्युनिष्ट पाार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी

युक्रेनमा रूसी आक्रमण, चार जनाको मृत्यु

किएभ– युक्रेनमा भएको रूसी आक्रमणमा कम्तीमा चार जनाको मृत्यु हुनुका

मनसुनजन्य विपद् : काभ्रेमा छ हजारभन्दा बढी घरपरिवार उच्च जोखिममा

काभ्रेपलाञ्चोक– मनसुनजन्य विपद्मा काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा तीन सय ९५

साउनमा पशुपति क्षेत्रमा महाशिवरात्रिकै जस्तो व्यवस्थापन गरिने

काठमाडौं– पशुपति क्षेत्र विकास कोषले साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका