राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन « Khabarhub

राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय र नेपाली सेनाको सैनिक सङ्ग्रहालयको आज अवलोकन गरेका छन् । राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित छाउनी सङ्ग्रहालय अवलोकन गर्न गएका हुन् । 

उनलाई पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, सङ्ग्रहालयका प्रमुख अरूणा नकर्मी र राष्ट्रिय मुद्रा सङ्ग्रहालयका प्रमुख मायादेवी  अर्याललगायत पदाधिकारीले स्वागत गरेका थिए  । राष्ट्रिय सङ्ग्रहालयमा प्रमुख नकर्मीले सङ्ग्रहालयका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।

नेपाली सेनाको सैनिक सङ्ग्रहालयमा पुग्दा उनीलाई नेपाली सेनाका बलाधिकृत निर्मल कुमार थापाले स्वागत गरेका थिए । सैनिक सङ्ग्रहालयमा सङ्ग्रहालय प्रमुख सेनानी गेलान लामाले सङ्ग्रहालयका बारेमा जानकारी गराएका थिए। 
 

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ४ : ०२ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री