बलबहादुर केसीले भने- रामचन्द्रलाई गोविन्दराज रोक्नै पर्ने, शेरबहादुरलाई पुष्कर ओझा नरोकी नहुने | Khabarhub Khabarhub

बलबहादुर केसीले भने- रामचन्द्रलाई गोविन्दराज रोक्नै पर्ने, शेरबहादुरलाई पुष्कर ओझा नरोकी नहुने


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता बलबहादुर केसीले पार्टी ठीक ढंगले चल्न नसकेको बताएका छन्।

ललितपुर सानेपास्थित केन्द्रीय कार्यालयमा आइतबार जारी केन्द्रीय कार्यसमिति बैठकमा नेता केसीले पार्टी संगठन, अनुशासन, भ्रातृसंस्थाको भूमिका र नेताहरूको हस्तक्षेपबारे टिप्पणी गर्दै अब गम्भीर आत्ममूल्यांकनको आवश्यकता रहेको बताए।

केसीले पार्टीको समग्र अवस्था माथि प्रश्न उठाए । २०७९ मा सोलुखुम्बुबाट हारेपछि एमाले उम्मेदवार मानवीर राईलाई पहिलो बधाई आफैंले दिएको बताउँदै उनले पार्टी ठीक ढंगले चलेको छ कि छैन भन्ने समीक्षा अब हुनुपर्ने बताए ।

केसीले २०४८ सालदेखि अहिलेसम्म सातपटक चुनाव लडेको उल्लेख गर्दै भने, ‘अहिले पार्टी सबैभन्दा राम्रो चलेको छ भन्नेहरू छन्, फेरि राम्रो चलेको छैन भन्नेहरू पनि छन्। तर ठ्याक्कै सत्य र तथ्य के हो, त्यो हामीले खुलेर भन्न सक्नुपर्छ।’

भ्रातृसंस्थाहरू काम गर्न नसकेको मुख्य कारण कांग्रेसको केन्द्रीय नेतृत्वको हस्तक्षेप भएको भन्दै उनले यसमा गम्भीर प्रश्न उठाए । ‘हामीले कसैलाई जिम्मा त लगायौँ, तर के उसले काम गर्न पायो ? हस्तक्षेप नगरी अधिवेशन नै हुन सक्दैन भन्ने स्थिति आएको छ’, उनले भने ।

अनुशासन कारबाहीमा निष्पक्षता हुनुपर्नेमा जोड दिँदै केसीले विगतका घटनाहरू उदाहरणका रूपमा प्रस्तुत गरे।

‘रामचन्द्रजी (रामचन्द्र पौडेल) ले गोविन्दराज जोशीलाई र शेरबहादुरजीले पुष्कर ओझलाई नरोकी नहुने यो कस्तो बाध्यता हो ? तर ती निर्णयले भोलि पार्टीलाई के असर पार्छ भन्ने सोचिएको छैन’, उनले भने ।

२०७४ सालको प्रतिनिधिसभा चुनावमा पुष्कर ओझा कैलाली ५ बाट टिकटको आकांक्षी थिए । तर देउवाले पत्नी आरजु राणालाई टिकट दिएपछि ओझा रुष्ट थिए । आरजु एमालेका नारदमुनि रानासँग त्यसबेला हारिन् । उक्त चुनावमा असहयोग गरेको भन्दै कांग्रेसले देउवाकै जोडबलमा ओझालाई क्रियाशील सदस्य नरहने गरी कारबाही गरेको थियो ।

यता वर्तमान राष्ट्रपति पौडेल र नेता गोविन्दराज जोशीबीच तनहुँमा चलेको द्वन्द्व पुरानै हो । पौडेलले आफूलाई छेक्न लागेपछि जोशीले कांग्रेसबाट कारबाही भोगेरै भए पनि पार्टीविरुद्ध लागेका थिए ।

केसीले सोलुखुम्बुबाट निर्वाचित महिला संघ सभापतिलाई हटाएर अरूलाई जिम्मा दिइनु अनुचित र मनपरी भएको आरोप लगाए।

‘कसैलाई मन नपरेको भन्दै हटाउने परिपाटी गलत हो। यस्तो कारबाहीले कार्यकर्तामा असन्तुष्टि र अविश्वास बढाउँछ,’ उनले स्पष्ट चेतावनी दिए।

उनले पार्टी एकताका क्रममा २०४८ सालमा आफूसहित भरत शमशेर र कुवेर शर्मालाई किसुनजी (कृष्णप्रसाद भट्टराई) ले पार्टीबाट निकालेको प्रसंग सुनाए । ‘ती निर्णयहरू तत्कालीन सन्दर्भमा भए पनि त्यसले नेतृत्वको निर्णय क्षमतामा असर परेको थियो। अब हामीले त्यस्ता पुनरावृत्ति हुन दिनु हुँदैन’, उनले भने ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ४ : १८ बजे

जिम्बाबेविरुद्ध मल्डरको दोहोरो शतकले बलियो अवस्थामा दक्षिण अफ्रिका

काठमाडौं – विश्व च्याम्पियन दक्षिण अफ्रिकाले जिम्बाबे विरुद्धको पहिलो टेस्टमा

थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद

कञ्चनपुर-  वर्षायामको सुरुवातसँगै कञ्चनपुरका थारु समुदायका भान्सामा विशेष स्थान ओगट्ने

संसदीय सुनुवाइ र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दै छन्

यमनका तीन बन्दरगाहमा इजरायलको आक्रमण

इजरायल – इजरायलले यमनका तीन बन्दरगाहमा आक्रमण गरेको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक प्रस्तुत हुने

काठमाडौं– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दैछ ।