विमलेन्द्रको प्रस्ताव : सर्वोच्च अदालत विवादास्पद भयो, अलग्गै संवैधानिक अदालत बनाऊँ « Khabarhub

विमलेन्द्रको प्रस्ताव : सर्वोच्च अदालत विवादास्पद भयो, अलग्गै संवैधानिक अदालत बनाऊँ


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले पछिल्लो समय सर्वोच्च अदालतले दिएका केही आदेश र फैसलाहरू विवादास्पद बन्दै गएको भन्दै अब नेपालमा छुट्टै संवैधानिक अदालत गठन गर्नु आवश्यक रहेको बताएका छन्।

आइतबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै निधीले न्यायपालिकाको भूमिकामाथि प्रश्न उठाउँदै भने, ‘सर्वोच्च अदालतले शक्ति पृथकीकरणको सिद्धान्त अवलम्बन गर्न छाडेकाले संविधानको मर्म र प्रणाली नै कमजोर हुँदै गएको छ। त्यसैले अब संवैधानिक अदालत छुट्टै बनाउनेतर्फ जानुपर्छ।’

नेता निधीले संवैधानिक अदालतको वकालत गर्दै भने, ‘संविधानको रक्षा र कार्यान्वयनका लागि संवैधानिक विषयहरू हेर्ने छुट्टै अदालत आवश्यक भइसकेको छ।’

निधीले संवैधानिक मुद्दाहरूमा कांग्रेसले अग्रसरता लिनुपर्ने आवश्यकता औँल्याउँदै भने अवकाशप्राप्त राष्ट्रपतिले राजनीतिमा आउने निर्णय गरेको कुरामा पार्टी गम्भीर हुनुपर्ने बताएका छन् ।

‘रिटायर्ट राष्ट्रपति राजनीतिमा फर्किन पाउने कि नपाउने भन्ने प्रश्न सामान्य होइन। यो कुनै एक दलको मात्र होइन, राजनीतिक प्रणालीसँग सम्बन्धित गम्भीर बहस हो। कांग्रेसले यस विषयमा स्पष्ट धारणा बनाउनु जरुरी छ’, उनले भने ।

निधीले पार्टीले अबको प्राथमिकता १५ औँ महाधिवेशन लक्षित संगठन सुदृढीकरणमा राख्नुपर्ने धारणा राखे। उनले निजामती कर्मचारी विधेयक, संवैधानिक नियुक्तिहरू र शक्ति सन्तुलनजस्ता विषयमा पार्टीले आन्तरिक छलफलमार्फत नीतिगत स्पष्टता ल्याउनुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ७ : २० बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर