विदेश पठाउने बहानामा १ करोड ८० लाख ठग्ने एक जना पक्राउ | Khabarhub Khabarhub

विदेश पठाउने बहानामा १ करोड ८० लाख ठग्ने एक जना पक्राउ


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लिथुआनिया र रोमानियालगायत मुलुकमा पठाइदिने बहानामा १ करोड ८० लाख ९३ हजार ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रामेछाप उमाकुण्ड गाउँपालिका(६ घर भई हाल काठमाडौं–६ बस्ने ३२ वर्षीय फिन्चु लामा रहेका छन्।

रोहन भनिने लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। लामालाई काठमाडौं–१० बाट पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ ।

लामाले ४५ जना युवायुवतीबाट उक्त बराबरको रकम ठगी गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए। रकम लिएर लामो समय सम्पर्कविहीन भएपछि पीडितहरू प्रहरीमा उजुरी दिन पुगेका थिए।

लामालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

लामाले नयाँ बानेश्वरमा इन्स्युर डेस्टिनी इन्टरनेसनल नामक कन्सल्टेन्सी चलाउने गरेका थिए। लामाविरूद्ध हाल ४५ जनाले उजुरी दिएका छन्। यो संख्या थपिने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ८ : ३२ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार २३ गते सोमबार। असार

आज २०८२ साल असार २३ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २३ गते सोमबार। असार

एसीसी यू–१६ इस्ट जोनको उपाधि विजेता नेपाली टोलीस्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडाैं – एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको

‘मर्निङवाक’ निस्किएका कुवँर पाँच दिनदेखि सम्पर्कविहीन

काठमाडौं – अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ