आकाश दीप र गिल चम्किएको दोस्रो टेस्टमा भारतको जित « Khabarhub

आकाश दीप र गिल चम्किएको दोस्रो टेस्टमा भारतको जित


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले इङ्गल्यान्डसँगको दोस्रो टेस्टमा ३३६ रनको जित हात पारेको छ। ६०८ रनको लक्ष्य पाएको इङ्गल्यान्डले २७१ रनमा सम्पूर्ण विकेट गुमाएको हो।

इङ्गल्यान्डको पारी ध्वस्त गर्ने क्रममा आकाश दीपले ६ विकेट लिए। उनले पहिलो पारीमा चार विकेट लिएका थिए। कप्तान शुभ मन गिलले यस टेस्टमा स्टार बलर जसप्रित बुमराहलाई आराम दिँदै आकाश दीपलाई असर दिने निर्णय गरेका थिए।

पहिलो पारीमा ५८७ रन जोडेको भारतले विपक्षीलाई ४०७ रनमा रोकेको थियो। यसै गरी भारतले दोस्रो पारीमा ६ विकेटको क्षतिमा ४२७ रन जोडेर पारी समाप्तिको घोषणा गरेको थियो। चौथो पारीमा इङ्गल्यान्डका जेम स्मिथले ८८ रन जोडे।

पहिलो पारीमा २६९ तथा दोस्रो पारीमा १६१ रन जोडेका कप्तान गिल म्यान अफ द म्याच भए। जितपछि शृङ्खलामा १-१ को बराबरी भएको छ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ६ : २८ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी