पर्साको शिकारीबासमा रुख चढेर फोन गर्नुपर्ने बाध्यता « Khabarhub

पर्साको शिकारीबासमा रुख चढेर फोन गर्नुपर्ने बाध्यता


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

पर्सा – विकट गाउँका रुपमा परिचत ठोरी गाउँपालिका–३ शिकारीबासका करिब ७० घरधुरी अझै टेलिफोन र इन्टरनेट सेवाबाट वञ्चित छन् ।

ठोरीको हुलाकी सडकबाट करिब छ किलोमिटर भित्री भागमा पर्ने शिकारीबासका सर्वसाधारण टेलिफोन र इन्टरनेट सेवाबाट वञ्चित भएको स्थानीय भरत महतो थारुले गुनासो गर्नुभयो । टेलिफोनको टावर नटिप्दा फोन सम्पर्क गर्न नसकिने उनले बताए ।

“यहाँ फोन नटिप्ने पुरानै समस्या हो”, उनले भने, “टेलिफोनजस्तो अत्यावश्यक सेवाबाट वञ्चित हुनुपरेको छ ।” मोबाइलमा टावर उपलब्ध गराउन रुख चढ्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शिकारीबासमा टेलिफोन र इन्टरनेट सेवाको आवश्यक प्रबन्ध मिलाउन नेपाल टेलिकम प्रादेशिक कार्यालय वीरगञ्जलाई निर्देशन दिएका छन् । “अबको डेढ महिनाभित्र आवश्यक संरचना तयार पारेर टेलिफोनजस्तो अत्यावश्यक सेवा सुचारु गर्नेतर्फ आवश्यक गृहकार्य गर्नुहोस्”, उनले भने, “प्रशासनको तर्फबाट गर्नुपर्ने सबै खालको सहयोग गरिनेछ ।”

नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका निर्देशक कृष्णप्रसाद भण्डारीले ठोरीको टेलिकम टावरको क्षमता अभिवृद्धिदेखि फाइबरमार्फत शिकारीबासमा नेटवर्कको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । “जङ्गलको मध्यभागको बस्ती भएकाले नेटवर्कको समस्या देखिएको हो”, उनले भने, “अत्यावश्यक उपकरण जडान गरेर फोन र इन्टरनेट उपलब्ध गराउने प्रयास गर्नेछौँ ।”

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ८ : ५८ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन