भुम्लु गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षायुक्त गाउँपालिका घोषणा « Khabarhub

भुम्लु गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षायुक्त गाउँपालिका घोषणा


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा आधारभूत तहको शिक्षा ‘अनिवार्य तथा निःशुल्क’ सुनिश्चित गरिएको छ । सोमबार गाउँपालिकाले एक कार्यक्रम गरेर पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षायुक्त गाउँपालिका घोषणा गरेको हो ।

आधारभूत तहको शिक्षा अनिवार्य र निशुल्क गर्ने घोषणापत्रमा हस्ताक्षर गरेर गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल, उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा लामा), प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीले घोषणा गरेका हुन् ।

गाउँपालिकाको सबै गाउँ, टोल, बस्ती, क्षेत्र भित्र गरिएको सर्वेक्षणमा ४ वर्षदेखि १३ वर्षसम्मका विद्यालय उमेर समूहका बालबालिका शतप्रतिशत विद्यालयमा भर्ना भएको र सबै वडाहरू अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएसँगै पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरिएको गाउँपालिका शिक्षा कर्मचारी रामगोपाल कायस्थले जानकारी दिए ।

घोषणा सभामा गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले शिक्षामा लगानी गरेर गाउँपालिकाले परिणाम ल्याउन लागेको भन्दै शिक्षा, स्वास्थ्य, योग लगायतका क्षेत्रमा परिणाम देखिन थालेको बताए । पढ्दै कमाउँदै कार्यक्रममार्फत माध्यमिक तहका विद्यार्थीलाई उत्पादन र आयआर्जनमा लगाउन खोजिएको भन्दै उनले उच्च शिक्षाको लागि विदेश जाने क्रम रोकिनुपर्ने बताए ।

संविधानले सुनिश्चित गरेको शिक्षा सम्बन्धी अधिकारलाई पालिकाले शतप्रतिशत कार्यान्वयन गर्दै अनिवार्य तथा निःशुल्क शिक्षा लागू स्थानीय तह घोषणा गरिएको गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङले बताए । पालिकाभित्र रहेका बालबालिकालाई विद्यालयमा भर्ना गराई शिक्षाको पहु“चमा पु¥याएर पालिकाले पहिलो दायित्व पूरा गरेको भन्दै उनले यसको कार्यान्वयन र निरन्तरता दिनुपर्ने बताए ।

जिल्ला समन्वय समिति काभ्रेका सदस्य कमलराज गिरीले शिक्षा क्षेत्रमा भुम्लु गाउँपालिकाले गरेको लगानीको प्रशंसा गरे ।प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीले गाउँपालिकाले शिक्षामा गरेको लगानीको प्रतिफल देखिदै गएको भन्दै नतिजा क्रमशः देखिदै गएको बताए । गाउँपालिकाको लगानी र सबैको मिहेनतले एस।ई।ई परिक्षामा २५ प्रतिशत उर्तीण प्रतिशतलाई ७२ प्रतिशत पुर्याउन सफल भएको बताए ।

कार्यक्रममा कार्यक्रममा वडा नं ५ का अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक अञ्चलकुमार मोक्तान, वडा नं २ का अध्यक्ष सुजन भण्डारी, वडा नं ३ का अध्यक्ष ज्ञानबहादुर तामाङ, वडा नं ४ का अध्यक्ष लोकहादुर कुँवर, वडा नं ९ का अध्यक्ष दलबहादुर तामाङ, कार्यपालिका सदस्य रमिला बानियाँ, गाउँ शिक्षा समिति सदस्य भोजराज उप्रेती, अरुणोदय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवबहादुर भण्डारी, सेतीदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर प्रधान लगायतले शिक्षा क्षेत्रबारे चर्चा गरे ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ९ : २१ बजे

सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तीव्र विकासमा ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तीव्र

अमेरिका–इरान शान्ति पहलबीच इजरायलको अडान, कब्जामा रहेका क्षेत्र नछोड्ने घोषणा

इजरायल– इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबनान, सिरिया र गाजा पट्टीमा

मलमासको अन्तिम सोमबारे औँसी : देवघाटधाममा स्नान तथा पूजा गर्न श्रद्धालुको घुइँचो

चितवन– नवलपुर र तनहुँ जिल्लाको संगमस्थल तथा प्रसिद्ध धार्मिक तीर्थस्थल

विपद्मा नागरिकको सुरक्षा र जीवनको रक्षा नै पहिलो प्राथमिकता : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले विपद्मा नागरिकको सुरक्षा

युद्ध रोक्ने सम्झौतालगत्तै इरानी फुटबल टोली अमेरिका पुग्यो

तेहरान- इरानको राष्ट्रिय फुटबल टोली विश्वकप खेल्न अमेरिका पुगेको छ।