चीनको केरुङ र लेन्देखोलामा राति नै उर्लिएको थियो बाढी, मितेरी पुल बगायो | Khabarhub Khabarhub

चीनको केरुङ र लेन्देखोलामा राति नै उर्लिएको थियो बाढी, मितेरी पुल बगायो


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

रसुवा – चिनियाँ क्षेत्रस्थित केरुङ र लेन्देखोलामा मंगलबार सबेरै बिहान ३ बजे उर्लिएर आएको बाढीले नेपाली क्षेत्रमा अकल्पनीय क्षति भएको छ।

रसुवास्थित नेपाल–चीन सीमा जोड्ने प्रमुख व्यापारिक नाका मितेरी पुलसमेत बिहान ३ बजे अचानक आएको बाढीले बगाएको छ।

बाढीका कारण सयौँको सङ्ख्यामा पार्किङमा रहेका विद्युतीय सवारी (ईभी) गाडी बगाएको आशंका गरिएको छ। बाढीले केही कन्टेनर बगाउँदै लगेको दृश्य भिडियोमा देख्न सकिन्छ।

बाढीकोले स्याफ्रुबेसीतर्फको सडकसमेत पूर्णरूपमा प्रभावित भएको छ। रसुवागढी जलविद्युत आयोजनामा गम्भीर क्षति पुगेको छ।

यसैबीच जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले सूचना जारी गर्दै त्रिशुलीको माथिल्लो क्षेत्र — नुवाकोट र रसुवामा अत्यधिक वर्षा भएकाले नदीको बहाव तीव्र गतिमा बढ्न सक्ने चेतावनी दिएका छन्।

नदी किनार आसपासका बासिन्दालाई आवश्यक सतर्कता, सावधानी अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

अहिलेसम्म बाढीले गरेको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ। उद्धार तथा राहत कार्यका लागि सुरक्षा निकाय र स्थानीय प्रशासनले जनशक्ति परिचालन गरेका छन्।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ७ : ४५ बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ