चीनको केरुङ र लेन्देखोलामा राति नै उर्लिएको थियो बाढी, मितेरी पुल बगायो « Khabarhub

चीनको केरुङ र लेन्देखोलामा राति नै उर्लिएको थियो बाढी, मितेरी पुल बगायो


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

रसुवा – चिनियाँ क्षेत्रस्थित केरुङ र लेन्देखोलामा मंगलबार सबेरै बिहान ३ बजे उर्लिएर आएको बाढीले नेपाली क्षेत्रमा अकल्पनीय क्षति भएको छ।

रसुवास्थित नेपाल–चीन सीमा जोड्ने प्रमुख व्यापारिक नाका मितेरी पुलसमेत बिहान ३ बजे अचानक आएको बाढीले बगाएको छ।

बाढीका कारण सयौँको सङ्ख्यामा पार्किङमा रहेका विद्युतीय सवारी (ईभी) गाडी बगाएको आशंका गरिएको छ। बाढीले केही कन्टेनर बगाउँदै लगेको दृश्य भिडियोमा देख्न सकिन्छ।

बाढीकोले स्याफ्रुबेसीतर्फको सडकसमेत पूर्णरूपमा प्रभावित भएको छ। रसुवागढी जलविद्युत आयोजनामा गम्भीर क्षति पुगेको छ।

यसैबीच जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले सूचना जारी गर्दै त्रिशुलीको माथिल्लो क्षेत्र — नुवाकोट र रसुवामा अत्यधिक वर्षा भएकाले नदीको बहाव तीव्र गतिमा बढ्न सक्ने चेतावनी दिएका छन्।

नदी किनार आसपासका बासिन्दालाई आवश्यक सतर्कता, सावधानी अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

अहिलेसम्म बाढीले गरेको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ। उद्धार तथा राहत कार्यका लागि सुरक्षा निकाय र स्थानीय प्रशासनले जनशक्ति परिचालन गरेका छन्।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ७ : ४५ बजे

मोरक्कोसँगको खेलमा एम्बाप्पे घाइते : कस्तो छ चोट ?

काठमाडौं – फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा मोरक्कोविरुद्धको जितका क्रममा

विश्वकपमा एम्बाप्पेको कीर्तिमान : २० खेलमै २० गोल

काठमाडौँ – फ्रान्सेली फरवार्ड किलियान एम्बाप्पेले फिफा विश्वकपमा ऐतिहासिक कीर्तिमान

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असार २६ गते शुक्रबार सन् २०२६

एमबाप्पे र डेम्बेलेको गोलमा मोरोक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

बोस्टन – किलिएन एमबाप्पे र ओसमान डेम्बेलेको गोलमद्दतमा मोरोक्कोलाई २-०