जनसम्पर्क समितिलाई ‘स्वर्ण महोत्सव’ मनाउन कांग्रेसको निर्देशन « Khabarhub

जनसम्पर्क समितिलाई ‘स्वर्ण महोत्सव’ मनाउन कांग्रेसको निर्देशन


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीका नेपाली जनसम्पर्क समितिको सदस्यता वितरण र अधिवेशनका सन्दर्भमा आगामी साउन १ गतेदेखि असोज मसान्तसम्म जनसम्पर्क समिति सदस्यता र क्रियाशील सदस्यता नयाँ वितरण र नवीकरण गरी स्वीकृतिका लागि केन्द्रीय कार्यालयमा पठाउने निर्णय गरेको छ ।

सात दिनसम्म केन्द्रीय कार्यालयमा चलेको कार्यसमिति बैठकले समयावधि समाप्त भएका जनसम्पर्क समितिहरूको हकमा आगामी पुस मसान्तसम्ममा अधिवेशन सम्पन्न गर्ने समय निर्धारण गरेको छ ।

त्यस्तै, नेपाली जनसम्पर्क समितिको हाल राष्ट्रिय समिति मात्र रहेकोमा अब अन्तर्राष्ट्रिय र क्षेत्रीय समितिसमेत गठनगरी सङ्गठन विस्तार गरिने जनाइएको छ ।

बैठकले जननायक बीपी कोइरालाले ५० वर्षअघि सर्वप्रथम भारतमा नेपाली जनसम्पर्क समिति स्थापना गरी प्रारम्भ गरेको उल्लेख गर्दै हाल विश्वव्यापी रूपमा फैलिएको नेपाली जनसम्पर्क समितिहरूले यसैलाई आधार मानी सम्पूर्ण जनसम्पर्क समितिलाई स्वर्ण महोत्सव’ मनाउन निर्देश गरेको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ८ : ४० बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक