बढीले रसुवा क्षेत्रका तीन फिडर अवरुद्ध « Khabarhub

बढीले रसुवा क्षेत्रका तीन फिडर अवरुद्ध


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

रसुवा– भोटेकोशी (त्रिशूली) नदीमा मंगलबार बिहान आएको बाढीका कारण रसुवास्थित कालिका सवस्टेसन (स/स) को ३३ केभी विद्युत लाइनको केही सेक्सन बगाएको छ ।

बढीले चिलिमे सवस्टेसनबाट सञ्चालित रसुवागढी, चिलिमे र साञ्जेन फिडर पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

नेपाल विद्युत प्राधिकरण रसुवाका अनुसार प्रभावित क्षेत्रका ग्राहकलाई अस्थायी रूपमा वैकल्पिक माध्यमबाट सेवा दिन प्रयास भइरहेको छ ।

कालिकाबाट सञ्चालित फिडरहरूलाई चिलिमे सवस्टेसनमार्फत सञ्चालन गर्ने तयारी भइरहेको छ भने चिलिमे र साञ्जेन फिडरलाई स्याफ्रु फिडरमार्फत सञ्चालन गरिने छ।

विद्युत आपूर्तिमा आएको असहजतालाई न्यून गर्न तत्काल अस्थायी व्यवस्थामा जुटेको प्राधिकरणले जनाएको छ । साथै, क्षतिको विस्तृत विवरण फिल्ड भिजिट (निरीक्षण) पछि मात्र उपलब्ध हुने बताइएको छ ।

प्राधिकरणले सबै उपभोक्ताहरुलाई धैर्य र सहकार्यका लागि अनुरोध गर्दै वैकल्पिक माध्यमबाट सेवा पुर्नस्थापनामा जुटिसकेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ९ : ३१ बजे

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका