भोटेकोशीको बाढी त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन आग्रह « Khabarhub

भोटेकोशीको बाढी त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन आग्रह


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नारायणी नदी जलाधार अन्तर्गतको त्रिशूली उपजलाधारमा पर्ने भोटेकोशी नदीमा मङ्गलबार बिहान तिब्बत क्षेत्रबाट आएको ठूलो बाढी प्रवेश गरेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

विभाग अन्तर्गतको रसुवा–स्याफ्रुवेसीस्थित भोटेकोशी जलमापन केन्द्रमा मङ्गलबार बिहान ३ः३० बजे बाढी पुगेको विभागले जानकारी दिएको छ । त्यसपछि बाढी त्रिशूली नदी हुँदै बिहान ५ बजे नुवाकोटको वेत्रावती केन्द्रसम्म पुगेको विभागको भनाइ छ ।

विभागका अनुसार बेत्रावती केन्द्रमा जलस्तर करिब २.५ मिटरले वृद्धि भएको र पछिल्लो समय केही घट्दो क्रममा रहेको देखिएको छ ।

प्रारम्भिक विश्लेषणअनुसार, बाढीको प्रभाव त्रिशूली नदीको बुढीगण्डकी दोभान (बेनीघाट) आसपाससम्म पर्न सक्ने भएकाले मङ्गलबार दिउँसोसम्म उच्च सतर्कता अपनाउन आवश्यक रहेको विभागले जनाएको छ ।

बाढी पूर्वानुमान शाखाले बाढीको निरन्तर अनुगमन गरिरहेको र यसको सम्भावित कारणको प्रारम्भिक अध्ययन पनि सुरु गरिएको जानकारी दिएको छ ।

विभागले त्रिशूली नदी किनाराका स्थानीयवासी, यात्रीहरू र सरोकारवाला निकायहरूलाई सावधानी अपनाउन आग्रह गर्दै, थप जानकारी र सतर्कताका सूचनाहरू विभागको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत उपलब्ध हुने जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ९ : ४८ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले