बाढी प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेसको आग्रह  « Khabarhub

बाढी प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेसको आग्रह 


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले गरेको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै तीन प्रहरीसहित १५ नागरिक बेपत्ता भएको घटना अत्यन्तै दुःखद रहेको जनाएको छ ।

नेपाल–चीन जोड्ने मितेरी पुल एवं भन्सार क्षेत्रमा रहेका कन्टेनर र अन्य मोटर बगाउँदा करोडौँको क्षति भएको उल्लेख गर्दै कांग्रेसले विपत्तिको समयमा उद्धार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

कांग्रेसले वर्षाको समयमा हरेक वर्ष बाढी पहिरोको प्रकोप सामना गर्नु परेको र बेमौसममै पनि गत वर्ष असोज १२ मा गम्भीर विपत्ति ब्यहोर्नु परेको स्मरण गराउँदै ऐक्यवद्ध ढङ्गले प्रकोप सामनामा व्यवस्थित योजना साथ तत्पर रहन तिनै तहको सरकारलाई आग्रह गरेको छ ।

कांग्रेसले नागरिक तहबाट राख्नु पर्ने उच्च सतर्कताका लागि पनि सार्वजनिक अपील गरेको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  १० : १९ बजे

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक