संसदलाई मर्यादित, व्यवस्थित र गरिमामय बनाउन कांग्रेसको आग्रह  « Khabarhub

संसदलाई मर्यादित, व्यवस्थित र गरिमामय बनाउन कांग्रेसको आग्रह 


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले संघीय संसद र प्रदेशसभालाई मर्यादित बनाउनका लागि प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई निर्देशन दिएको छ ।

सोमबार राति सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसद र संसदीय दललाई मर्यादित भूमिका निर्वाह गर्न निर्देशन दिएको हो ।

‘संसदलाई मर्यादित, व्यवस्थित र गरिमामय बनाउन प्रभावकारी भूमिका निर्वाह गर्न नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका माननीय सदस्य एवं संसदीय दललाई यो बैठक निर्देशित गर्दछ,’ बैठकपछि मध्यरातमा जारी विज्ञप्तिमा भनिएको छ ।

संसद जनताको सार्वभौम अधिकारको प्रतिनिधित्व गर्ने राज्यको सर्वोच्च अंग भएको स्मरण गर्दै कांग्रेसले संसदको सञ्चालन, व्यवस्थापन र सांसदहरूको आचरण, व्यवहार तथा प्रस्तुत हुने कार्यशैली र क्षमताले नै संसदको गरिमालाई उजागर गर्ने र राष्ट्रको प्रतिष्ठा कायम हुने विज्ञप्तिमा जनाइएको छ ।

आगामी आर्थिक वर्षको बजेट ल्याउन नसकेका पालिकाहरूलाई कांग्रेसले समयमै बजेट, कार्यक्रम तथा योजनाहरू प्रस्तुत गरी जनप्रतिनिधि र स्थानीय सरकारप्रति जनताको विश्वास र भरोसा कायम गर्न पनि बैठकमार्फत् अपील गरेको छ ।

स्थानीय सरकारको कार्यशैली र राजनीतिक समझदारीको अभावमा केही पालिकाहरुले हालसम्म पनि बजेट प्रस्तुत गर्न नसकेको स्थितिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

सरकारले निजी क्षेत्रलाई चलायमान बनाउन संसदबाट पारित गरेका नागरिकता ऐन, भ्रष्टाचार निवारण ऐनजस्ता महत्वपूर्ण ऐन पास गरी सुशासनको क्षेत्रमा केही सुधारका कदमहरु अगाडि बढाएको कांग्रेसको ठहर छ ।

निजामती सेवा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदनमा देखिएका गडबडी र कमीकमजोरीलाई संसदीय प्रक्रियाबाटै समाधान गरी संसदको गरिमा र विश्वसनीयतालाई कायम राख्नु पर्नेमा कांग्रेसको जोड छ । 

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  १२ : ०९ बजे

कांग्रेसको महाधिवेशनबारे शंकर तिवारी : हुने छाँट देखिएन, विशेष महाधिवेशनतिर जाऔँ

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टी केन्द्रले तत्काल

आगो, हिटर र गिजरको प्रयोगमा सावधानी अपनाऔँ : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा

चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित

जलेश्वर– पछिल्लो एक सातायतादेखि चिसो अत्यधिक बढेसँगै जिल्ला सदरमुकाम जलेश्वरसहित

ओलीको स्थान हदबारे सरकारका प्रवक्ता भन्छन् : चुनावका सबै उल्झन हटाइन्छ

काठमाडौं- सरकारले फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण बनाउन

काठमाडौंको नगरसभामा उपप्रमुख डंगोलले भनिन्- जनमुखी नीति तथा कार्यक्रम ल्याएका छौँ

काठमाडौं- काठमाडौं महानगरपालिकाको १५औँ नगर अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले महानगरको