रायोको सागमा भेटियो अत्यधिक मात्रामा विषादी  | Khabarhub Khabarhub

रायोको सागमा भेटियो अत्यधिक मात्रामा विषादी 


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । 

मंगलबार तरकारीमा विषादी जाँच गर्ने क्रममा रायोको सागमा विषादीको मात्रा अत्यधिक भेटिएको कालीमाटी फलफूल तथा तरकारी विकास समितिले जनाएको छ । 

रायो सागको नमूना परीक्षण गर्दा भक्तपुरका एक किसानको बारीबाट ल्याएको रायो सागमा विषादीको मात्रा (रोकावट प्रतिशत) ८२.७८  प्रतिशत भेटिएको हो । 

जाँच गर्दा रोकावट प्रतिशत ४५ भन्दा माथि आए उक्त वस्तु उपभोग गर्न अयोग्य मानिन्छ। यसअघि पनि रायोको साग, स्थानीय काउली, ब्रोकाउली, तिते करेला, तनेबोडी र हरियो धनियाँ लगायतका तरकारीमा विषादीको मात्रा अत्यधिक भेटिएको थियो ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  १२ : ४६ बजे

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र