सेतो कोटसहित सडकमा डाक्टर (तस्बिरहरू) | Khabarhub Khabarhub

सेतो कोटसहित सडकमा डाक्टर (तस्बिरहरू)


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति असहमति जनाउँदै नेपाल चिकित्सक संघ आन्दोलित भएको छ ।

देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेका डाक्टरहरू आज सेतो कोटसहित सडकमा उत्रिएका छन् ।  

उपत्यकाभित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आज माइतीघर मण्डलामा धर्ना दिई बिजुली बजारसम्म र्‍याली गरी विरोध प्रदर्शन गरेका छन् ।

संघले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई यही असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेकामा हिजो सोमबारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेको हो ।

आन्दोलनका कारण बिरामीको बिचल्ली भएको छ। ओपीडी बन्द हुँदा टाढाटाढाबाट आएका बिरामी बढी समस्यामा परेका छन् । आन्दोलन कहिलेसम्म चल्ने टुंगो नहुँदा उनीहरू अन्योलको स्थितिमा छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  १ : ०७ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ