रसुवागढीमा २५ वटा कन्टेनर बगे, सयौँ व्यवसायीको अर्बौँको क्षति « Khabarhub

रसुवागढीमा २५ वटा कन्टेनर बगे, सयौँ व्यवसायीको अर्बौँको क्षति


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवागढी नाकामा आएको बाढीका कारण सयौँ व्यवसायीको अर्बौँ मूल्य बराबरको सामग्रीमा क्षति पुगेको छ । बाढीले ईभी बाहेक तीन दर्जन धेरै सवारी साधन बगाउँदा ठूलो क्षति भएको व्यवसायीले बताएका छन् ।

नेपाल ट्रान्स हिमालय बोर्डर कमर्स एसोसिएसनका अध्यक्ष रामहरि कार्कीले पछिल्लो जानकारीअनुसार २५ वटा कन्टेनर र ईभी बाहेक अन्य १० वटा मालवाहक सवारी साधन बाढीले बगाएको बताए । ‘सबै सामग्री ल्याएका भन्सार जाँचपास भएका सवारी साधन थिए, अहिले १२ वटा भन्सार यार्डमा पनि छन्’, अध्यक्ष कार्कीले भने ।

बाढी आएपछि २० जना जति सवारी साधनमा काम गर्ने ड्राइभर लगायतका कर्मचारी पारीपट्टी रहेको उनले बताए । अहिले भन्सार यार्डमा रहेका सवारी साधन पनि बग्ने वा नबग्ने एकिनका साथ भन्न नसकिने अवस्था रहेको उनको भनाइ छ ।

साथै, बाढीका कारण अहिलेसम्म एक जना सवारी चालक बेपत्ता रहेको जानकारी प्राप्त भएको अध्यक्ष कार्कीले बताए ।

अर्का व्यवसायी भरत कोइरालाले आफ्ना रसुवामा रहेका कर्मचारीले २५ वटा संख्यामा भन्सार पासको निम्ति ल्याइएका २५ वटा जति विद्युतीय सवारी साधन बाढीले बगाएको जानकारी दिएको बताएका छन् । 

साथै, बिहानदेखि अहिलेसम्म भन्सारका कर्मचारी, सेना र प्रहरीको सहयोगमा १८ वटा गाडी सुरक्षित स्थानमा सारिएको पनि उनले बताए ।

व्यवसायी कोइरालाले रसुवागढीमा क्षति भएका कन्टेरनमा २/३ सय जना व्यवसायीको सामग्री भएको बताएका छन् । उनले ती कन्टेनरमा अर्बौँ बराबरको सामग्रीमा अधिकांश सामग्रीको बीमासमेत नहुने गरेकाले व्यवसायीले ठूलो क्षति व्यहोरेको बताए ।

जिल्ला प्रहरी कार्यालय रसुवाले भने सवारी साधनमा भएको क्षतिको विवरण संकलन भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  १ : २५ बजे

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित