रास्वपा र राप्रपाले गरे संसद् बहिष्कार « Khabarhub

रास्वपा र राप्रपाले गरे संसद् बहिष्कार


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय छानबिन समितिको माग गर्दै संसद् बैठक बहिष्कार गरेका छन् । 

गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणको छानबिनका लागि गठित पूर्वमुख्य सचिव शंकरदास वैरागी नेतृत्वको समिति अस्वीकार गरेका दुबै दलहरूले मंगलबार एकसाथ बैठक बहिष्कार गरेका हुन् । 

बैठकको सुरुवात मै रास्वपाका तर्फबाट सांसद सोविता गौतम र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पार्टीका तर्फबाट धारणा राख्दै संसद् बहिष्कारको घोषणा गरेका थिए । 

यसअघि सोमबारको बैठकमा रास्वपाले वेल घेराउ गरेको थियो भने राप्रपाले बहिष्कार गरेको थियो । दुवै दल जेठ १३ गतेदेखि लगातार संसद्मा भिजिट भिसा प्रकरणको छानबिन हुनुपर्ने र गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  १ : ३३ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक