प्रधानमन्त्रीसहितको टोली बाढी प्रभावित रसुवामा « Khabarhub

प्रधानमन्त्रीसहितको टोली बाढी प्रभावित रसुवामा


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका सरकारी प्रतिनिधिले रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पुराएको जनधनको क्षतिको स्थलगत निरीक्षण गर्ने भएका छन् । 

प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक लगायतको टोली मंगलबार नै रसुवा पुगेर जनधनको क्षतिको स्थलगत निरीक्षण गर्न लागेको हो । 

गृहमन्त्री रमेश लेखकले रसुवामा निकै क्षति पुर्‍याएको बताए ।  पहिले स्थलगत निरीक्षण गरेपछि फर्केर बैठक बसी आवश्यक निर्णय लिइने उनले जानकारी दिए । 

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपाल–चीन नाकाको मितेरी पुल बाढीले बगाएको छ भने १८ जना व्यक्ति बेपत्ता भएका छन् ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  २ : २९ बजे

कांग्रेसको महाधिवेशनबारे शंकर तिवारी : हुने छाँट देखिएन, विशेष महाधिवेशनतिर जाऔँ

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टी केन्द्रले तत्काल

आगो, हिटर र गिजरको प्रयोगमा सावधानी अपनाऔँ : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा

चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित

जलेश्वर– पछिल्लो एक सातायतादेखि चिसो अत्यधिक बढेसँगै जिल्ला सदरमुकाम जलेश्वरसहित

ओलीको स्थान हदबारे सरकारका प्रवक्ता भन्छन् : चुनावका सबै उल्झन हटाइन्छ

काठमाडौं- सरकारले फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण बनाउन

काठमाडौंको नगरसभामा उपप्रमुख डंगोलले भनिन्- जनमुखी नीति तथा कार्यक्रम ल्याएका छौँ

काठमाडौं- काठमाडौं महानगरपालिकाको १५औँ नगर अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले महानगरको